महराबारे सभामुख सापकोटाले संसदमा दिए त्यस्तो सूचना

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्नि सापकोटोले पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएको जानकारी गराउनुभएको छ । सभामुख सापकोटाले उर्जामन्त्री वर्षमान पुन र सांसदहरुबीचको प्रश्नोत्तरपछि त्यसबारे जानकारी गराउनुभएको हो ।

‘माननीय सदस्यहरु, महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा परेको जाहेरी आधारमा बलात्कार आरोपमा पक्राउ परी डिल्लीबजारस्थित सदरखोरमा थुनामा रहनुभएका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा सोमबार थुना मुक्त हुनुभएको छ । उहाँलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । अदालतको सफाइपछि थुनामुक्त हुनुभएको छ, यो सूचना म माननीय सदस्यहरुलाई जानकारी गराउन चाहन्छु ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा डा.शिवमाया नियुक्त हुनुभएको समेत सदनलाई जानकारी गराउनुभएको छ । ‘माननीय सदस्यहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समाल्दै आउनुभएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सम्माननीय राष्ट्रपतिज्यूले डा. शिवमाया तुम्बाहाङ्फेलाई नियुक्त गर्नुभएको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…