एनआईसी एशिया बैंक धनुषाामा साखा सञ्चालन

धनुषा । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग करोबार शुरु गरेको छ ।
ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको फागुन ६ गते औपचारिक रुपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।
नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट बुधबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको बैंकले जनाएको छ ।
शाखा सञ्चालनमा आएसँगै क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।