कार्यालयमा अब सेवाग्राहीलाई कर्मचारीको नमस्कार

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले नमस्कार अनिवार्य गरेको हो ।

कर्मचारीले कार्यालयमा सेवाग्राही छिर्नासाथ उनीहरुलाई पहिला नमस्कार गर्ने र त्यसपछि सेवा दिने प्रतिबद्धता जनाएका छन् । एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा कर्मचारीले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले अहिलेसम्म कार्यालयमा आउँदा कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएकाे स्मरण गराउँदै अब त्यसलाई उल्टो पारिएको बताउनुभयो । ‘अहिलेसम्म कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएका छन्’ उहाँले भन्नुभयो, अब भने कर्मचारीले सेवाग्रहीलाई नमस्कार गर्ने छन् ।’ प्रशासकीय अधिकृत जोशीलेले नमस्कार प्रवृतिले कर्मचारी र सेवाग्राहीबीच सुमधुर सम्बन्ध रहने उल्लेख गर्नुभयो ।

एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगङ्गालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…