बुधबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ।

२.देश बदल्ने अठोटका साथ अगाडि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ।

३.आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्न सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको तर्क ।

४.संविधान र कानुन अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने प्रतिवद्धता ।

५.७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रमलाई कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्बोधन ।

६.प्रजातन्त्रको प्रत्याभुति गर्न न्यायपालिका, प्रहरी र कर्मचारीतन्त्रलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने सभापति देउवाको भनाइ ।

७.राजनीतिक हस्तक्षेप गर्ने वातावरण भएसम्म न्यायपालिका स्वतन्त्र नहुने र प्रजातन्त्रको प्रत्याभुति गर्न नसकिने तर्क ।

८.जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार कुनै पनि वहानामा खोस्न नपाइने भनाइ ।

९.मुलूकमा प्रजातन्त्र आएको सात दशक पुगेपनि पछिल्लो समय लमजुङका सर्वसाधरणहरुमा प्रजातन्त्र दिवसप्रतिको उत्साह कम हुँदै ।

१०.आम नागरिकहरुको त्याग, बलिदानी र संघर्षबाट प्रजातन्त्र प्राप्त भएपनि उपलब्धी संस्थागत हुन नसकेको सर्वसाधरणको भनाइ ।

११.चीनको वुहानबाट उद्दार गरिएका १ सय ७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पुष्टि ।

१२.आइतबार ल्याइएका उनीहरुको नाक र घाँटीबाट स्याम्पल लिएर गरिएको परीक्षणमा संक्रमण नभएको स्वास्थ्य सचिव खगराज बरालद्वारा जानकारी ।

१३.क्वारेन्टाइनमा राखिएका उनीहरुको पुनः १४ दिनमा स्वास्थ्य परीक्षण गरिने मन्त्रालयको भनाइ ।

१४.विश्वलाई नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईको भनाइ ।

१५.चीनबाट उद्धार गरिएकामा संक्रमण नदेखिएपछि नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेमा जोड ।

१६.आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको र विमानस्थल लगायत अन्य नाकाहरुमा पनि उच्च सतर्कता अपनाइएको जानकारी ।

१७.नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक भित्र्याउने योजना भने नरहेको स्पष्ट ।

१८.छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला नभएको भनाइ ।

१९.बंगलादेशको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फिर्ता ।

२०.एमसीसीका विषयमा गठित कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने मन्त्री ज्ञवालीको प्रष्टोक्ति ।

२१.कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने÷नगर्ने विषयमा कुनै निर्णय नगर्ने जानकारी ।

२२.चीनमा फैलिएको कोरोनाका कारण सगरमाथा सम्बादलाई कुनै असर नगर्ने मन्त्री ज्ञवालीको दाबी ।

२३.अमेरिकी परियोजना एमसिसी राष्ट्रहितमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाइ ।

२४.नेपालको हितमा एमसिसी रहेको भन्दै पारित गर्न सरकारलाई अध्यक्ष थापाको आग्रह ।

२५.जनतालाई एमसीसीका बारेमा जानाकारी दिएर संसदबाट पास हुनुपर्ने थापाको धारणा ।

२६.कांग्रेस सहकार्यमा ईमान्दार नभएकाले कांग्रेससँगको सहकार्य छोड्नु परेको थापाको भनाइ ।

२७.विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेपछि विद्यार्थी संगठनहरुद्वारा आपत्ति ।

२८.त्रिविले स्ववियू निर्वाचन गर्नै नचाहेको विद्यार्थी नेताहरुको भनाइ ।

२९.आगामी फागुन १४ गते तोकिएको स्ववियु निर्वाचन स्थगित भएपछि फेरी पनि निर्वाचन हुने कि नहुने भन्नेमै आशंका ।

३०.विश्वविद्यालय नै जिम्मेवार नभएको र निर्वाचन गराउन तदारुकता नदेखाएको अनेरास्ववियूको आरोप ।

३१.सरकार र त्रिभुवन विश्वविद्यालयको स्वार्थ मिल्दा विद्यार्थी संगठनहरुलाई दोष दिएर निर्वाचन स्थगित गराएको नेविसंघको दाबी ।

३२.बजेट खर्च बढी देखाउन अर्थ मन्त्रालयले रकमान्तर गर्ने गरेको राष्ट्रिय योजना आयोगको भनाइ ।

३३.मन्त्रालयबाट आएका योजना कुन प्रक्रियाबाट आएको हो भन्ने समेत थाहा नहुने आयोगको जिकिर ।

३४.आफूखुसी योजना हाल्ने परिपाटीको अन्त्य गर्न पनि योजना आयोगको भूमिका माथि प्रष्ट हुनुपर्नेमा संसदीय समितिका सदस्यहरुको जोड ।

३५.राष्ट्रिय समाचार समिति (रासस)को ५९ औं वार्षिकोत्सवका अवशरमा विशेष कार्यक्रमको आयोजना ।

३६.राससलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता रहेको सञ्चार सचिव दीपक सुवेदको भनाइ ।

३७.राससभित्र देखिएका समस्याहरु समाधानका लागि आफू पनि प्रयास गर्ने प्रतिवद्धता ।

३८.स्रोत साधनको अभावमा कर्मचारीहरुलाई सेवा, सुविधा दिन नसकिएको राससका महाप्रवन्धक उपेन्द्र शर्माद्वारा स्वीकार ।

३९.भूकम्पपछि रासस जीर्ण भवनबाट दैनिक कार्य सञ्चालन गर्नुपर्ने बाध्यता रहेको पनि महाप्रवन्धक शर्माको दुखेसो ।

४०.बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो ।

४१.बजारमा छापावाला सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा किनबेच ।

४२.चाँदीको मूल्य पनि तोलामा पन्ध्र रुपैयाँले बढेर प्रतितोला नौ सय पाँच रुपैयाँमा कारोबार ।

४३.साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा सुधार ।

४४.नेप्से ५ दशमलव दुई चार अंकले बढेर १४ सय पाँच दशमलव दुई पाँच अंकमा ।

४५.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव नौ नौ अंकले उकालोे ।

४६.बैकिङ, होटल्स, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स र म्यूचुअल फन्डको परिसूचकमा गिरावट ।

४७.एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने नेपाल पुनर्बीमा कम्पनीको भनाइ ।

४६.नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ बिक्रीका लागि दियो अनुमति ।

४७.बोर्डद्वारा कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ दरले एक करोड ६० लाख कित्ता सेयर बिक्री गर्न अनुमति ।

४८.बैंक अफ काठमाडौंद्धारा बिओके कृषि कर्जा योजना सार्वजनिक ।

४९.कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर उत्पादकत्व र रोजगारी श्रृजना गराउने उद्देश्यले बिओके कृषि कर्जा योजना सार्वजनिक गरिएको बैकको भनाई ।

५०.बैंकद्धारा ग्राहकहरुका लागि सहज वचत खाता पनि सञ्चालन, विभिन्न सुविधासहित २५ रूपैयाँको न्यूनतम मौज्दात बचत खाता खोल्न सकिने ।

५१.दुई मन्त्रालयबीचको आन्तरिक द्वन्द्वका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माण थालिएको मयुरधाप औद्योगिक क्षेत्रको काम डेढ वर्षदेखि अलपत्र ।

५२.२०७५ जेठ १९ गते डिपीआर स्वीकृति प्राप्त गरी औद्योगिक क्षेत्रको काम अगाडि बढाएपनि मन्त्रालयबीचको विवादका कारण कामले गति लिन सकेन ।

५३.पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो जग्गामा बिना अनुमति काम थालेको भन्दै काम रोकेपछि सुरु भएको हो विवाद ।

५४.सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गते देखि १० दिने व्यापार मेला हुने ।

५५.आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनसँगै निकासी प्रवद्र्धनमा टेवा पुग्ने विश्वास ।

५६.धरान उपमहानगरपालिका वडा नम्बर १२ मा हुने मेलामा स्थानीय व्यवसायीहरुको उत्पादन, हस्तकला, वैज्ञानिक कृषि पद्धतिलाई प्राथमिकतामा ।

५७.चार्जिङ स्टेशन संचालकले बिधुतीय सवारी साधन चार्ज गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने नेपाल विद्युत् प्राधिकरणको प्रस्ताव ।

५८.प्रस्ताव स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पठाइसकेको नेपाल विधुत् प्रधिकरणको भनाई ।

५९.विद्युत् नियमन आयोगद्धारा प्राधिकरणको प्रस्ताव पास गरेको खण्डमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन संचालन गर्ने बाटोसमेत खुल्ने ।

६०.धेरै पैसा कमाई हुने आशामा नेपाली युवाहरु नेटवर्किङ कामका लागि भारतको विभिन्न ठाँउहरुमा जाने क्रम बढ्दो ।

६१.नेटवर्किङ बिजनेस र ओरियन्स कम्पनीमा गएका नेपाली युवाहरु भारतमा ठगिइरहेको खुलाशा ।

६२.दैनिक १० भन्दा बढी युवाहरुलाई परामर्श गरी घर फर्काउने गरेको इलाका प्रहरी कार्यालयलको भनाई ।

६३.सहकारीमा आधारित स्वस्थ ताजा मासु बिक्रि व्यवस्थापन गरी आयआर्जनमा बृद्धि गर्ने उदेश्यले कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा विगत एकवर्षदेखि मासु पसल सञ्चालनमा ।

६४.सहकारीका सदस्यको आर्थिक र सामाजिकस्तरमा बृद्धि गर्नुका साथै मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने उदेश्य ।

६५.जितपुरस्थित दर्शन बचत तथा ऋण सहकारीले स्थानीयस्तरमा उत्पादित मासुजन्य पदार्थको बिक्रि वितरण थालेसँगै ताजा र स्वस्थ मासु प्रयोग गर्न पाएको स्थानीयको भनाइ ।

६६.विक्रम संम्वत् १९९३ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको एक कपिलवस्तुको तौलीहवास्थित पशुपति प्रताप सामुदायिक पुस्तकालय प्रेरणाको स्रोत बन्दै ।

६७.पुस्तकालयको अध्ययनबाट कैयौँ व्यक्ति आन्दोलन र परिवर्तनका लागि मार्गदर्शन भएको स्थानीयको भनाइ ।

६८.नेपालकै सबैभन्दा पुरानो मध्येको पशुपति पुस्तकालयको अध्ययनबाट कैयौँले तत्कालीन अवस्थामा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लाग्न प्रेरणा जगाएको स्थानीयको जिकिर ।

६९.हाल नेपाली शव्दकोष, सामान्य ज्ञान, दर्शन, धर्म, कानुन, साहित्य, समालोचना, शिक्षा लगायतका १० हजार पुस्तक पुस्तकालयमा संग्रहित ।

७०.सल्यानको सिद्धकुमाख गाउँपालिकाद्वारा कुपोषण हटाउने अभियानलाई तीव्रता ।

७१.दुई वर्षमुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउन जनप्रतिनिधि र सरोेकारवालाले प्रतिवद्धता जनाएपछि कुपोषित बालबालिकाको संख्या घट्ने अपेक्षा ।

७२.ग्रामीण क्षेत्रमा बस्ने जनताहरुलाई पोषण सम्बन्धि जानकारी नहुँदा धेरै कुपोषित भएर बाँचनुपर्ने बाध्यता ।

७३.गाउँघरमा खान नपाएर भन्दा पनि खान नजानेर कुपोषण हुने गरेको तथ्याङक ।

७४.ग्रामीण क्षेत्रका आमाहरुलाई ‘सुनौला हजार दिन’ को महत्वबारे बुझाउन गाउँपालिका उपाध्यक्षलाई पोषणदूतको जिम्मेवारी ।

७५.सुर्खेतको भेरीगंगा नगरपालिकाकोे छिन्चु बजारमा बा ३ ख ६३५२ नम्बरको फोर्सको ठक्करबाट

७६.धरानस्थित दिल्ली पब्लिक स्कूलको गेटमा गत भदौ २० गते बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा मोरङका गोपाल बस्नेत प्रहरीद्वारा पक्राउ ।

७७.बस्नेतको साथबाट मोबाइल ४ थान र डायरी ४ थान बरामद भएको प्रहरीको भनाइ ।

७८.नेपाल प्रहरीको इन्स्पेक्टर भन्दै ठगी गरेको आरोपमा प्रहरीद्धारा काँकडभिट्टाबाट एकजना पक्राउ ।

७९.पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले ।

८०.गुण्डागर्दीमा संलग्न सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका पासलाल तामाङ प्रहरी नियन्त्रणमा ।

८१.महामारीका रुपमा फैलिएको कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार पुग्यो ।

८२.हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगद्धारा पुष्टि ।

८३.कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुग्यो ।

८४.चीनलगायत अन्य २६ देशमाले संक्रमण रोक्न चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने गरेका छन व्यवस्था ।

८५.कोरोनाको संक्रमण नियन्त्रणमा रहेपनि खतराबाहिर भने नरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको भनाई ।

८६.कोरोनाको संक्रमण थप फैलन नदिन गरिएका सावधानीका उपाय पर्याप्त नभएपनि सन्तोषजनक नै रहेको तर्क ।

८७.पाकिस्तानको कराची शहरको कैमारी क्षेत्रमा रहस्यमय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु ।

८८.दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन विज्ञहरुको प्रयास जारी ।

८९.कैमारी इलाकाका मानिसहरुले सास फेर्न गार्हो, आँखा, घाँटी र नाकमा जलन तथा आँखाबाट आँसु आउने समस्या ।

९०.अहिलेसम्म दुई सय ५० बढी प्रभावितलाई अस्पताल भर्ना गरिएको सिन्ध प्रान्तका नगरमन्त्री नासिर हुसैनका जानकारी ।

९१.अष्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा दुई वटा बिमानहरु आकाशमै ठोक्किदा सवार चार जनाको मृत्यु ।

९२.दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेका प्रहरीद्धारा पुष्टि ।

९३.दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुद्वारा जानकारी ।

९४.अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी पुनः निर्वाचित ।

९५.विपक्षीहरुको विरोधका कारण मतदानको पाँच महिनापछि घानीलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा ।

९६.निर्वाचनमा धाँधली भएकाले घानी निर्वाचित भए अफगानिस्तान पुनः संकटमा पर्ने भन्दै विपक्षीले गरेका थिए विरोध ।

९७.नवनिर्वाचित घानीले ५० प्रतिशत भन्दा बढी मत ल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुद्वारा जानकारी ।

९८.युएईएफए च्याम्पियन्स लिग फुटबलमा आज अन्तिम १६ अन्तर्गतको पहिलो लेगका दुई खेल हुँदै ।

९९.इंग्लिस क्लब टोटनह्याम हट्स्परले घरेलु मैदानमा जर्मन क्लब आरबी लिपजिगको सामना गर्ने ।

१००.अर्को खेल एट्लान्टा र भ्यालेन्सियाबीच हुने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…