काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक पक्षका विविध शीर्षकमा समाचार प्रकाशन गरेका छन् । कान्तिपुर दैनिकमा पार्टी र संसदीय दलसँगको समन्वयबिना चल्न थालेपछि प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल अप्ठेरोमा परेको विषयलाई प्राथमिकता दिएर समाचार बनाइएको छ । राजधानी दैनिकमा राजधानीमै अतिक्रमण हटाउन सकस शीर्षकमा प्रमुख समाचार बनाइएको छ ।
बुधबार जनता समाचार डट कम मा ‘एमसीसी संसदबाट पास हुनुपर्छ’, भरतपुरबाट लुम्बिनीसम्म कार र्याली, लागूऔषधसहित ३ जना पक्राउ, ‘सरकारले संबैधानिक निकायलाई छाया बनाउन खोज्यो’, राससले मनायो ५९औँ वार्षिकोत्सव, घुस लिँदालिँदै डिभिजन प्रमुख पक्राउ, ‘सञ्चारमाध्यमले फेर्ने हो सरकार ?’, ‘सरकारले संबैधानिक निकायलाई छाया बनाउन खोज्यो’, महिला महोत्सवमा ८० किलोको १० फिट अग्लो खुकुरी अध्ययनका लागि जापान जाँदै हुनुहुन्छ ? र कठिन बन्दै छ भिषा प्रकृयालगयातका शीर्षकमा समाचार प्रकाशन गरिए ।
कारोबार दैनिकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सम्भव रहेको दाबी गरिरहेको बेलामा राष्ट्रिय योजना आयोगले त्यो असम्भव भएको बताएको विषयलाई शीर्ष समाचार बनाइएको छ । समृद्दिको आधार वर्ष र दिगो विकासको लक्ष्यलाई आधार मानेर चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत वृद्धिको लक्ष्य राखिएको भन्दै आयोगले लक्ष्य अनुसारको काम नहुँदा साढे आठ प्रतिशतको वृद्दि असम्भव भएको बताएको हो ।
यसैगरी पत्रिकाले जापानको कम्पनी कान्साईको सहायक कम्पनी कान्साई नेरोल्याकले ट्रेडमार्क (व्यापार चिह्न) का सम्बन्धमा परेको मुद्दा जितेको विषयमा पनि मुख्य समाचार छापेको छ । समाचारमा लेखिए अनुसार बुधबार सर्वोच्च अदालतमा भएको फैसलामा ‘बेल नन ब्रान्ड’ को आधारमा कान्साईले मुद्दा जितेको हो ।
गोरखापत्र दैनिकमा प्रधानमनत्री केपी शर्मा ओलीले वैदेशिक सहायता रोक्ने प्रयास गलत भएको बताउनुभएको विषय मुख्य समाचारको रुपमा प्रकाशित छ । समाचारमा लेखिएअनुसार नेपालको दिगो विकास र आथिृक समृद्दिका लागि प्राप्त वैदेशिक सहयोग रोक्न गरिएका बाधा व्यवधान मुलुकको हितमा नभउको प्रधानमनत्रीको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले आफ्ना समस्या आफैँ समाधान गर्ने सक्षमता र सफलताले पनि नेपाल र नेपालीको प्रतिष्ठा विश्वमञ्चमा फैलिएको बताउनुभएको हो । यसैगरी पत्रिकाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोनासँगको लडाइँमा नेपालले चीनलाई साथ दिने बताउनुभएको अर्को समाचार पनि पहिलो पृष्ठमै छापेको छ ।
कान्तिपुर दैनिकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पार्टी र संसदीय दलसँग समन्वय नगरि अघि बढ्न लागेकोले आफैँ अप्ठेरोमा पर्न थालेको विश्लेषणसहितको समाचार छापिउको छ । समाचारमा लेखिए अनुसार पार्टी र संसदीय दलमा छलफलै नगरी खाफुखुसी चल्न थालेपछि मुख्यमन्त्री पौडेलप्रति आफ्नै दलका सांसदको अविश्वास बढेको छ ।
गत माघ २८ मा पौडेलले रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमनत्री नियुक्त गरेसँगै नेकपामा विवाद बढ्न थालेको हो । नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी नदिई मुख्यमन्त्रीले फुयाँललाई मन्त्री बनाएको समाचारमा उल्लेख छ ।
राजधानी दैनिकमा सडेको चामल नष्ट गर्ने कि, उपयोग गर्ने ? भन्ने विषयमा सरकारकै दुई निकायबीच टकराव भएको समाचारलाई प्रमुख समाचार बनाइएको छ । समाचारअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा सडेकोको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल नष्ट गर्ने निर्देशन दिएको छ ।
तर, खाद्य कम्पनी लिमिटेडले भने सडेको चामल नष्ट नगर्ने र पुनः प्रशोधन गरी दानाको रुपमा बिक्री गर्ने भन्दै अटेर गरिरहेको छ । यसैगरी पत्रिकामा राजधानीमै अतिक्रमित स्थान हटाउन सरकारलाई सकस परिरहेको विषयलाई पनि प्रमुख स्थान दिइएको छ ।