‘मन्त्री बाँस्कोटाको चरित्र हत्या गर्न खोजियो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले ७० करोड कमिसनका लागि बार्गेनिङ गरिरहेको अडियो बाहिर आएपछि श्रव्य सामाग्रीका आधारमा उहाँको चरित्र हत्या गर्न खोजिएको सांसद लामाले बताउनुभएको हो ।

‘सञ्चार मन्त्री गोकुल बाँस्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो’ फेसबुक स्ट्याटस्मा लामाले लेख्नुभएकाे छ, ‘सत्य तथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौँ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…