काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कानुन मन्त्री बनाउनु भएको थियो । दुई वर्ष पूरा भएकाले कुनै पनि बेला मन्त्रीहरु हेरफेर हुनेछन् । त्यतिमात्र होइन, ७ प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु हेरफेरको सूचीमा छन् ।
गण्डकी प्रदेश र प्रदेश नम्बर ५ बाहेक अन्य प्रदेशमा कुनै पनि बेला मुख्यमन्त्री फेरिए आठौँ आश्चर्य हुने छैन । त्यतिमात्र होइन, फागुन २० गते राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेकाले नेपाली राजनीतिमा अबको अर्थमन्त्री को ? भनेर चर्चा भइरहेको थियो । केही दिनमै अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिने भएकाले अहिलेका उपप्रधानमन्त्रीसमेत अर्थमन्त्री हुन इच्छुक भनेर समाचार आएका छन् ।
समय र नेपाली राजनीति यस्तो हुन्छ कि, कुनै पनि बेला के हुन्छ भन्न सकिन्न । जस्तो, देशभरमै ५० हजार भन्दा बढी मत ल्याएर प्रधानमन्त्रमी ओलीजस्तै टप भोट ल्याउने पाँच नेतामा पर्नु भएका पत्रकार पृष्ठभूमिका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आज मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने पत्रकार सम्मेलनमा समेत उपस्थिति जनाउन भ्याउनु भएन । हुन त उहाँ काठमाडौं बाहिर हुनुहुन्थ्यो, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एउटा अडियो बाहिर आएकै भरमा सञ्चारमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु भएको छ ।
सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको भिडियो सार्वजनिक भएपछि नेपाली राजनीतिमा चट्याङ परेको छ । मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका एकजना नेपाली एजेन्टसँग आफूले पाउने कमिसनको सेटिङको कुराको अडियो बाहिर मात्र आएन, कसैले कल्पना नै नगरेका प्रधानमन्त्रीका प्रिय पात्र, सरकारका प्रवक्ताको पद नै गएको छ ।
प्रेस खरिदबाट ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत अर्थात ५५ करोड रुपैयाँ कमिसन मन्त्रीलाई दिने कुराकानीमा भनिएको छ । गोकुल बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ । यस्ता अनेक काण्डमा बेलाबबखत हेभिवेट नेता, मन्त्री, सांसदहरु जोडिइरहन्छन् । एकपटक ती दिनहरु सम्झौँ, को को कुन कुन काण्डका कारण पदबाट हात धुनपर्ने अवस्थामा पुगेका थिए ? उनीहरुको आरोप के थियो ? राजनीति हो । इतिहासमा सुरक्षित छन् यी सबै अभिलेख । भावी पुस्ताले पनि थाहा पाउनेछन्, वश गुगलमा सर्च गरे भेटिन्छ हाम्रा नेताहरुको विगत । लुकाएर लुक्दैन ।
सरकारले स्वदेशमै सुरक्षित मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ स्थापना गर्ने तयारी गरेको थियो । यसले मुलुकलाई थुप्रै विषयमा फाइदा पुग्ने अनुमान गरिएको छ । मुख्यगरी मुलुकमा प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र छाप्न सक्नेदेखि पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएम र मौद्रिक नोट समेत सजिलै छाप्न सकिन्थ्यो । तर यसले शुरुमै मन्त्रीको पद खाइदियो । ल्याउन खोजिएको प्रेस हो । तर पछिल्लो समय सञ्चारमन्त्री रहँदा गोकुल बाँस्कोटा नेपाली प्रेसको लखेटाइमा परिरहनु भएको थियो । उहाँको शैली धेरैलाई मन परिरहेको थिएन । निर्धक्कसँग बोल्ने, मनमा कुरा केही नराख्ने, परपर पिरो हुने गरी जवाफ दिने मन्त्रीको शैलीमा प्रधानमन्त्री ओलीको साथ थियो । केहीदिन अघि काभ्रेमै राजनीतिक तुलोमा अरु एकतिर ः गोकुल एकतिर भनेपछि त झन पार्टीभित्रै पनि गोकुललाई सकाउन पाए हुने भन्नेहरु थिए नै, टसको मस नहुने बाँस्कोटाको शैली नेकपाभित्रै पनि आलोचना हुन्थ्यो । तर सधैँ सत्यपथमा छु भन्ने मन्त्री गोकुलबारे अब अनुसन्धान होला, तथ्य बाहिर आउला ।
विदेशी बैंकको खातामा मन्त्री रामशरण महतको पैसा भेटिएपछि संसदमा ५ दिन नाराबाजी गर्नु प¥यो प्रतिपक्षीले । विहीबार संसद बैठकमा प्रतिपक्षीले राजीनामा मागेर संसद अवरुद्ध गर्न नपाउँदै सभामुखले भन्नुभयो, मेरो हात पर्न बाँकी हो । सञ्चारमन्त्रीको राजीनामा आइसक्यो, बैठक अघि बढाउँ । प्रमुख प्रतिपक्षी हेरेको हे¥यै भयो । तपाईंमाथि कुनै आरोप लागे राजीनामा दिनुपर्छ । नैतिकताको मामलामा नेताहरु नगिरुन् । विजयकुमार गच्छदारजस्ता १३ पटक मन्त्री भएका व्यक्ति भ्रष्टाचारी होइनन् भन्दै ३ दिन संसद अवरुद्ध गर्ने कांग्रेसको मुद्दा बनेका बाँस्कोटाको राजीनामा १५ मिनेट टिकेन । यस्तो कमजोर प्रतिपक्षी भएको मुलुकमा एउटा कुरा फेरि दोहोर्याउँछौँ ः भ्रष्टाचार र अनियमितताको मामलामा ओली सरकार क्रुर छ, कठोर छ ।
https://www.youtube.com/watch?v=RIXPZJcszLs