मेष- कृषि चौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने एवम अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिलासुस्ती एवम बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारिवारिक प्रेम बढ्ने एवम् प्रेमी प्रेमिकामा मेलमिलाप कायम रहनेछ।
वृष- राजनितीमा अवसर मिल्नेछ । ठुलाबडाले साथ दिने एवम् पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ । अकश्मात लाभ हुने एवम् सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवम व्यापारमा लाभ मिल्नेछ । साताको अन्त्यमा भने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवम स्वास्थ्यमा समस्या देखिनेछ ।
मिथुन- वैदेशिक काममा फाइदा मिल्नेछ । धर्मकर्ममा रुचि जाने एवम ठुलाबडाले आश्वासन दिनेछन् । काममा प्रगति देखिने एवम् नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्ने, व्यापारमा प्रशस्त लाभ हुने एवम् अन्न बालीबाट धन सञ्चय हुनेछ ।
कर्कट- काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्रा हुने एवम परोपकारको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवम् आफन्तले सहयोग गर्नेछन् ।
सिंह- वैवाहिक प्रसंग चल्नेछ । नयाँ ठाउँबाट प्रस्ताव आउने एवम् प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवम अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद समाचार आउने, काममा प्रगति देखिने एवम भाग्यले साथ दिनेछ ।
कन्या- खेलकुद एवम मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवम पशु चौयाया बाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुने, ठुलाबडाले साथ छोडिदिने एवम् मित्रबाट धोका हुनेछ ।
तुला- अध्ययनको क्षेत्र बलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामा प्रगति एवम विपक्षीको डर हटेर जानेछ । स्वास्थ्यमा सुधार आउने तथा नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप वैदेशिक यात्रा एवम् नाता सम्बन्ध नयाँ बन्ने अवसर मिल्नेछ ।
वृश्चिक- घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारिवारिक द्वन्द बढ्नेछ । मानसिक अशान्ति एवम काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि जाने एवम कला संगीतमा प्रगति हुनेछ । खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ ।
धनु- छोटो यात्राको तय हुनेछ । साथी भाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको मध्यमा भने काममा झमेला एवम स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवम आफन्त तोडिनेछन् । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम सन्तानबाट सुख एवम शान्तिको अनुभव मिल्नेछ ।
मकर- बोली बचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवम धनको कारोबारमा प्रगति हुनेछ । दाजुभाइले सहयोग गर्नेछन् एवम जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारिवारिक द्वन्द बढ्ने एवम जग्गा जमिन एवम सम्पतिमा कलह आउनेछ ।
कुम्भ- साथी भाइसँग घुमघाम हुनेछ । मनोरञ्जनमा खर्च हुने एवम भ्रमणको अवसर आउनेछ । सेमिनार, गोष्ठीमा सहभागिता मिल्ने एवम नयाँ परिकारको स्वाद मिल्नेछ । धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन ुहने एवम नयाँ कामको योजना बन्नेछ ।
मीन- खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद बढ्ने एवम धन सम्पति नोक्सानी हुनेछ । साताको मध्यमा भने परिवारको सुख मिल्ने, आफन्तमा मित्रता बढन्े एवम नयाँ साथीसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवम साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी