गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.आराध्यदेव महादेवको पूजाआरधना गरी महाशिवरात्रि पर्व मनाइँदै ।२.काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालायहरुमा दर्शनार्थीको विहानैदेखि घुइँचो ।३.शिवरात्रीका अवशरमा शुद्ध भइ शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु, दुध, धतुरो र बेलपत्र चढाउने प्रचलन ।४.पशुपतिनाथ दर्शनका लागि विहान तीन बजेदेखि चारै वटा ढोका खोलियो ।५.पशुपति दर्शनका लागि सुरक्षा व्यवस्था समेत कडा, विगत वर्षहरुभन्दा यो वर्ष राम्रो व्यवस्थापन रहेको दर्शनार्थीहरुको भनाइ ।६.महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना ।७.राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा करिब १५ मिनेट पूजाअर्चना ।८.नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार राष्ट्रपतिद्वारा पूजाअर्चना ।९.उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर गर्नुभयो विशेष पूजा ।१०.पर्यटनमन्त्री योगेश भट्टराईद्वारा पनि पशुपतिनाथको दर्शन ।११.बाबाहरुको आगमनले शिवरात्रीमा पशुपति क्षेत्रको रौनक बढे पनि पछिल्लो समय विकृति भित्रिएको सर्वसाधारणको गुनासो ।१२.महाशिवरात्रीको लागि दर्शन गर्ने उद्देश्यले आउने बाबाहरुलाई पाशुपत क्षेत्र मागी खाने भाँडो बन्दै ।१३.सभ्य तरिकाले दान दक्षिणा माग्ने एकातर्फ छ भने अर्को तिर जबरजस्ती टीका लगाइदिने र दक्षिणा माग्दा सर्वसाधरणमा आतंक ।१४.टीका लगाई दिनु मात्रै भन्दा पनि पैसा दिन र विभिन्न नशाहरु बिक्री गर्दा सर्वसाधारण हैरान ।१५.पशुपति क्षेत्र विकास कोष र सुरक्षा व्यवस्थापनका सरोकारवालाहरुले ध्यान नदिँदा थप समस्या भएको दर्शनार्थीहरुको भनाइ ।१६.महाशिवरात्रीलाई सबै नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे पनि सञ्चारमाध्यमको भूमिकालाई उचित मूल्यांकन नगरेको सञ्चारकर्मीहरुको गुनासो ।१७.व्यवसायिक पाटोभन्दा बाहिर रहेर गरिने यस्तो मिडिया कभरेजका लागि आयोजकले सहज वातावरण बनाउन नसकेको टिप्पणी ।१८.सम्बन्धित पक्षले सञ्चार माध्यमका लागि सहज व्यवस्थापनसँगै कभरेजको उचित मूल्यांकन गर्नुपर्नेमा सञ्चारकर्मीहरुको जोड ।१९.दुई सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनाले मनायो सेना दिवस ।२०.दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष कला कौशल प्रदर्शन ।२१.नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षार्थ सेनाको सांगठनिक स्वरुप विक्रम सम्वत् १८१९ सालदेखि भएको सुरुवात ।२२.दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अवलोकन ।२३.कार्यक्रममा उपराष्ट्रपति, प्रधानमत्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, सरकारी उच्चपदस्थ कर्मचारी, कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति ।२४.शिवरात्री मनाउनका लागि डोरी टाँगेर सडकमा सहयोग माग्दै गरेका बालकको बसको ठक्करबाट मृत्यु ।२५.दोलखाको कालिञ्चोक ९ मा अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय पुजन थामीको मृत्यु ।२६.ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीद्वारा जानकारी ।२७.प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन ।२८.इतिहासको कदर र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ ।२९.पुर्खाहरुका कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्नेमा जोड ।३०.प्रधानमन्त्री ओलीद्वारा दहचोकस्थित एकिकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त ।३१.आफुले पहिलो पाँडेको पूर्णकदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको भन्दै प्रधानमन्त्रीद्वारा खुशी व्यक्त ।३२.विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने प्रधानमन्त्रीको भनाइ ।३३.भूकम्पबाट क्षतिग्रस्त भएर पुननिर्माण भएका दुइवटा सत्तलको पनि प्रधानमन्त्रीद्वारा उद्घाटन ।३४.सत्तामा नहुँदा क्रान्तिमा ठूलो ठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइ ।३५.सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिने गरेको गुनासो ।३६.सत्तामा नहुँदा क्रान्तिकारी कुरा गर्ने नेताहरु सत्तामा गएपछि पद, प्रतिष्ठा, लोभ र लालचमा लिप्त हुँदै गएकोप्रति दुख व्यक्त।३७.कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै अध्यक्ष दाहालको प्रतिक्रिया ।३८.नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखाएको पनि दाहालको भनाइ ।३९.अर्थ मन्त्रालय र योजना आयोगबीच तादम्यता नमिल्दा आर्थिक वृद्धिको तथ्याँकमा पनि बेमेलता ।४०.दुई तिहाईको सरकारले नै न्यून विकास खर्च गरेपछि चारैतिरबाट सरकार आलोचित ।४१.बजेटमा परेका योजनाबारे मन्त्री र सचिवलाई नै थाहा नहुनु बिडम्बना रहेको राष्ट्रिय योजना आयोगको भनाइ ।४२.अर्थमन्त्रीले समीक्षा गर्दै बजेटको आकार घटाउँदा करिब ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थविद एवं जानाकारको भनाइ ।४३.अर्थमन्त्रालयले खर्च बढाउनको लागि एकातिर विनियोजित बजेट अर्काेतिर लगाउने कामसमेत गर्ने गरेको आयोगको ठहर ।४४.यतिमात्र होईन विदेशीको नक्कलमा आफ्ना योजनालाई अगाडि बढाउने संस्कृति बढेको अर्थविद्हरुको भनाइ ।४५.पूँजीगत खर्च बढ्न नसकेको अवस्थामा योजना आयोगको भूमिका शक्तिशाली बनाउन पर्ने सरोकारवालाहरुको जोड ।४६.दैनिकरुपमा रेकर्ड कायम गरिरहेको सुनको भाउले शुक्रबार फेरी बनायो नयाँ रेकर्ड ।४७.शुक्रबार छापावाला सुन तोलाको ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ ।४८.नोबेल कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारको आर्थिक गतिबिधिमा सुस्तता छाएपछि सुरक्षित लगानीको साधन सुनतर्फ आकर्षित बन्दा नेपाली बजार पनि प्रभावित ।४९.नेपाली बजारमा सुनको मूल्य ८० हजारमाथि पुग्ने अनुमान, मूल्य बढेसँगै कारोबार पनि ठप्पप्राय ।५०.प्रभु बैंकद्वारा ४१ लाख २६ हजार २०६ कित्ता संस्थापक शेयरलाई साधारणमा परिणत ।५१.बैंकको साधारणसभाले स्वीकृति दिएपछि संस्थापक शेयरलाई साधारणमा परिवर्तन गरिएको जानकारी ।५२.देव विकास बैंकले पनि एक लाख ८५ हजार १ सय ९३ कित्ता संस्थापक सेयर साधारणमा परिणत गरेको जानकारी ।५३.विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने ।५४.लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्न लागेको जानकारी ।५५.साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने ।५६.नेपाल विद्युत प्राधिकरणले १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्रको मर्मत सुरु गरेपछि चार दिन विद्युत् उत्पादन बन्द हुने ।५७.विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार रातिदेखि उत्पादन बन्द गरेर मर्मत सुरु गरिएको जानकारी ।५८.एउटा युनिटको मर्मत गर्न सबै युनिटको उत्पादन बन्द गरिएको प्राधिकरणको भनाइ ।५९.मुलुककै ठूलो विद्युतगृहको उत्पादन बन्द भएपछि बुटवल, भैरहवा लगायत पश्चिम भेगका उद्योगमा साँझको समयमा विद्युत कटौती हुनसक्ने प्राधिकरणको भनाई ।६०.नेपालको गरिबी न्युनिकरणमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालको भनाइ ।६१.लघुवित्त संस्थाहरुले मुलुकका करिब ४५ लाख समुदायको जीवनस्तर उकास्न मद्दत पु¥याएको अध्यक्ष लम्सालको दाबी ।६२.कर्जामा केही दोहोरोपनाको समस्या रहेपनि सञ्चारमाध्यममा आएजस्तो ठुलो समस्या नरहेको जिकिर ।६३.ग्राहकहरुलाई व्यवसायिक बनाउने तर्फ वित्तीय साक्षरता र व्यवसायिक तालिममा विशेष जोड दिएको लम्सालको भनाइ ।६४.संख्यात्मक रुपमा लघुवित्त वित्तीय संस्थाहरु बढी हुनु, कर्जाको श्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महंगो र अस्थिरलगायतका चुनौती रहेको स्वीकार ।६५.वीरगञ्ज—ठोरी सडकमा पर्ने तिलावे पूलको कार्य सूचारु नहुँदा पर्साका जनतालाई सास्ती ।६६.पूलनिर्माण नहुँदा दैनिकजसो हजारौँ सर्वसाधारण जामको मार खेप्न बाध्य ।६७.पूल निर्माणको सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि निर्माण शुरु नभएको स्थानीयको गुनासो ।६८.पूल निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलगायत प्रदेश तथा केन्द्रीय सरकारले चासो नदेखाउँदा मारमा परेको भन्दै स्थानीय आक्रोशित ।६९.पर्साको तिलाबे पुलबाट ८ किलो लागूऔषध गाँजा सहित बहुदरमाई नगरपालिका ५ भौराटारका मनिस महतो पक्राउ ।७०.मोरङमा नर बहादुर दर्जी लगायत ४ जना लागूऔषध ब्राउनसुगर सहित पक्राउ ।।७१.झापा, मेची नगरपालिका ६ बाट लागूऔषध खैरो हेरोइन सहित बिर्तामोडका मनिश लिम्बु र ताप्लेजुङका मुकेश थलाङ पक्राउ ।७२.झापा, दमक नगरपालिका १० बाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड प्रहरीद्धारा बरामद ।७३.सप्तरीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरुङगाका २४ वर्षीय माहम्मद. माउन पक्राउ ।७४.भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु ।७५.भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बार शान्ति गौतमको मृत्यु ।७६.पर्सामा ना.८ ख १५१२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री अनिल प्रसाद यादवको मृत्यु७७.मकवानपुरमो मोटरसाइकलबाट खसेर ६६ वर्षीय मुक्तिनाथ बिडारीको मृत्यु ।७८.दोलखामा बा.४ ख ५८०९ नम्बरको बसको ठक्करबाट १० वर्षीय पुजन थामीको मृत्यु ।७९.कास्कीमा ग.१६ प ५५२२ नम्बरको स्कुटर दुर्घटना हुँदा काईला राई भन्ने राज कुमार राईको मृत्यु ।८०.काठमाडौं, टोखा डेरा गरी बस्ने ओखलढुङ्गाकी मिना नेपालीको कोठाबाट करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।८१.ललितपुर, शिबचोकको सिशन चित्रकारको घरबाट करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको धनामाल चोरी ।८२.भक्तपुरका कुमार ग्वाठाको घरबाट करिब ४ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी ।८३.सुनसरीमा जुनुकला राईको जुनुकला पोल्ट्री फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।८४.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको अमेरिकी रक्षा मन्त्रालयको भनाइ ।८५.राष्ट्रपति ट्रम्पसहित २ लाखको व्यक्तिगत विवरण ह्याक भएको अमेरिकी रक्षा विभागको भनाइ ।८६.राष्ट्रपति ट्रम्पको फोनवार्ता पनि ह्याक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख ।८७.कसले केका लागि यस्तो साइबर आक्रमण गरिरहेको छ भन्ने कुरा भने अझै थाहा पाउन नसकेको रक्षा विभागको भनाइ ।८८.कोभिड नाइन्टिन भनिने कोरोनाभाइरसको केन्द्रविन्दु चीनको वुहानमा अर्का एक चिकित्सकको पनि मृत्यु ।८९.वुहानको जियाङशिया जिल्लाको फस्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा सघन उपचारमा कार्यरत २९ वर्षीय पेङ यिनहुआको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुद्वारा जानकारी ।९०.पेङलाई भाइरस लागेपछि जनवरी २५ मा अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएपछि उपचारका लागि लगिएको थियो जिनयिन तान अस्पताल ।९१.मोफसलकै पुरानो प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० गतेदेखि १७ गतेसम्म हुने ।९२.धरान फुटबल क्लबको आयोजनामा सुनसरीको धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुने प्रतियोगितामा भारतीय दुई क्लबसहित ८ क्लबहरुले सहभागिता जनाउने ।९३.न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरद्धारा आईसीसीको तीन वटै फर्म्याटको क्रिकेटमा एक सय खेल खेल्ने पहिलो खेलाडीको कीर्तिमान ।९४.घरेलु भूमिमा शुक्रबार भारतसँगको पहिलो टेष्टमा टेलर कीर्तिमान बनाउन सफल ।९५.टेलर टेष्ट, एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय खेल खेल्न बने पहिलो खेलाडी ।९६.चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल स्थगित ।९७.फाइनल खेलसँगै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच तय भएको तेस्रो स्थानको खेल पनि स्थगित ।९८.पर्वतको बेनीमा शुक्रबार तय भएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको जानकारी ।९९.आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली इन्डोनेसियाको जकार्ता प्रस्थान ।१००.फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६ ०३:४६