Logo बैशाख २४, २०७८ शुक्रबार


जापानले लगेन कामदार

काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालीसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगार दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।

नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्न समझदारी ’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले गत अप्रिल १ बाट नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेपछि एमआसीमा हस्ताक्षर भएको हो । ‘ हामीले जापानसँग जी–टु–जीमा (सरकार–सरकारबीच) कामदार पठाउने गरी समझदारी गरेका हौँ । जी–टु–जीमा जापानको रुचि देखिएन ,’ श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले बताउनुभयो । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।

सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको छ ।