पुष्प महिमा

फूलमा तुरुन्तै मानिसमा खुशी पैदा गर्ने र ‘डिप्रेसन’ कम गर्ने तथा आनन्द दिने शक्ति हुन्छ

विभिन्न रंग र आकार–प्रकारका फूलले सबैको मनमा प्रेम र खुशीको भाव पैदा गर्दछन् । भनिन्छ, फूलमा तनाव कम गर्ने शक्ति पनि हुन्छ । फूलमा तुरुन्तै मानिसमा खुशी पैदा गर्ने र ‘डिप्रेसन’ कम गर्ने तथा आनन्द दिने शक्ति हुन्छ ।

फूल भन्नेबित्तिकै अनेकौँ रंगहरुले भरिएका पुष्प गुच्छाको आकृति हाम्रो मनमा देखा पर्दछ । फूल प्रकृतिको अनुपम उपहार पनि हो । हामी नेपालीहरुको चाडपर्व, जन्म र मृत्यु सबै संस्कारसँग गाँसिएको छ, फूलको महिमा । ढकमक्क फुलेको फूलले सबैैको मन लोभ्याउँछ । वनस्पति, जीवजन्तु र मानव प्रकृतिकै उपहार हुन् । हावा, पानी, प्रकाश, ढुंगा र माटोमै छ, सबै संसार । फूल प्रायः साना वनस्पति भित्र पर्दछन् । छोटो समयमै हुर्कने, फुल्ने र मर्ने यिनका विशेषता हुन् । फूलको महिमा नेपालमा मात्र नभएर विश्वभरि नै छ । नेपालीहरुमा रातो र पहेँलो रंग बढी प्रयोगमा आएको पाइन्छ ।

यसपालिको शिवरात्रीमा पशुपतिक्षेत्र फूलले विशेष रुपमा सिँगारियो । फूलबाटै स्वागतद्वारहरु सजिए, महादेवका वाहन साढे बनाए भने शिवलिङ्ग पनि फूलबाटै बनाइए । गणेशका मुर्ति पनि फूलकै बनेका देखियो । फूलैफूलले सजिएका स्वागतद्वारबाट पशुपतिनाथको मन्दिरसम्म पुग्दा सुगन्धले मगमगाउने बाटोले भक्तजनमा आनन्दै आनन्द छाएको देखियो । फूलमा हरेक मानिसलाई आकर्षण गर्ने शक्ति हुन्छ ।

विभिन्न रंग र आकार–प्रकारका फूलले सबैको मनमा प्रेम र खुशीको भाव पैदा गर्दछन् । भनिन्छ, फूलमा तनाव कम गर्ने शक्ति पनि हुन्छ । फूलमा तुरुन्तै मानिसमा खुशी पैदा गर्ने र ‘डिप्रेसन’ कम गर्ने तथा आनन्द दिने शक्ति हुन्छ । त्यसैले यसपाली पशुपतिनाथको मन्दिरमा आएका भक्तजनमा यहाँको कला र साजसज्जाले फेरि फेरि पनि पशुपतिनाथ आइरहने एउटा सकारात्मक उर्जा मिलेको कुरामा दुईमत छैन ।

फूलको प्रयोग
फूल प्रायः पूजापाठ, विवाह तथा ब्रतबन्धलगायत विभिन्न धार्मिक सांस्कृतिक चाडमा प्रयोग हुन्छ । मानिसको दैनिक जीवनमा प्रत्येक घरघरमा यसको प्रयोग भइरहेको हुन्छ । यसका साथै फूल निम्न कुराहरुको स्रोत पनि हो ।

–  हाम्रो घर र वरिपरिको वातावरणलाई सुन्दरता प्रदान गर्ने पहिलो स्रोत हो । वैवाहिक र धार्मिक उत्सवको सजावटमा फूलकै प्रयोग गरिन्छ ।
–  विभिन्न दिवसमा प्रेमको प्रतीकको रुप हो फूल ।
   यो हामीले खाने मिठो महको स्रोत पनि हो । विभिन्न प्रकारका फूलबाट माहुरीले मह उत्पादन गर्दछ ।
–  हामीले शरीरमा लगाउने सुगन्ध वा अत्तरको स्रोत पनि फूल नै हो ।
–  विभिन्न किसिमका औषधिको स्रोतको रुपमा यसलाई लिइन्छ । हातमा चोट लाग्यो र रगत बग्यो भने सयपत्री फूललाई मिचेर  लगाउँदा रगत बग्न बन्द हुने र त्यसमा ‘एन्टिबाइटिक्स’ को गुण हुने कुरा हाम्रा प्रयोगहरुमा देखिएका छन् ।
अन्नबालीमा लाग्ने किराबाट जोगाउन पनि फूलको प्रयोग गरिन्छ । तरकारी र अन्नबालीको बीच बीचमा सयपत्री फूल लगाउनाले किरा लाग्नबाट जोगाउने हुनाले हाम्रा पुर्खाले यो विधि प्रयोग गरेको पाइन्छ ।

वातावरणलाई सन्तुलनमा राख्न फूलको ठूलो भूमिका हुन्छ । फूलले विरुवा, किरा फट्यांग्रा र मानव जातिलाई उपयुक्त वातावरण तयार गर्ने र प्रजनन् विस्तारमा भूमिका खेल्ने हुँदा यसको महत्व ठूलो छ । पुर्खाहरुले घरको वरिपरि फूल लगाउने संस्कृति यिनै कुराहरुसँग गाँसिएका छन् ।

पशुपतिनाथको मन्दिर परिसरलाई सजाउने फूलको रकम दुई करोड रुपैयाँ खर्च भएको समाचार बाहिर आएको छ । साजसज्जाले नयाँपन र सभ्य जीवनशैली झल्काएको छ । पर्यटकहरुलाई आर्कषित गरेको छ । यो एउटा सकारात्मक र महत्वपूर्ण पाटो हो । व्यवस्थापकज्यूहरु धन्यवादका पात्र हुनुहुन्छ ।

फूलको व्यापारमा एक दिनमा यति ठूलो मात्राको आम्दानी हुन्छ भने दैनिक रुपमा अन्य चाडपर्वमा प्रयोग हुने फूलले आम्दानी ठुलै दिँदोरहेछ । फूल उत्पादनका लागि हाम्रो भूमि र हावापानी उपयुक्त छ । त्यसैले स्वदेशी उत्पादनलाई नै महत्व दिउँ । तबमात्र नयाँ पुस्ता पनि फूलको स्पर्शमा रम्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…