अपार्टमेन्टको धाराबाट आउन थाल्यो मदिरा, दैनिकीमा समस्या

काठमाडौं । भारतको केरलास्थित एक अपार्टमेन्ट भवनको धाराबाट पानीको सट्टा मदिरा आउन थालेको छ । अघिल्लो सोमबार अपार्टमेन्टको धाराबाट पानी नभएर बियर, ब्रान्डी र रम मिसिएको तरल पदार्थ आउन थालेपछि अपार्टमेन्टबासी अचम्ममा परेका हुन् ।

धाराबाट मदिराजन्य पदार्थ मिसिएको पानी आउन थालेपछि अपार्टमेन्टबासीलाई खाना पकाउनलगायतका दैनिक कार्य गर्न समेत समस्या भयो । मदिराका लत बसेका मानिसहरु पनि मदिराको प्राप्तीबाट खुसी बन्न सकेनन् किनकी त्यो मदिरामात्र नभएर मदिरा मिसिएको गन्हाउने तरलपदार्थ थियो ।

प्रहरीले केही समयअघि अदालतको आदेशमा ६ हजार लिटर मदिरा बरामद गरी अपार्टमेन्ट भवननजिकै गाडेको थियो । मदिरा गाडिएको ठाउँ इनारनजिकै भएका कारण उक्त मदिरा चुहिएर इनारको पानीमा मिसिएको र अपार्टमेन्टको धारामा इनारको पानी जडान गरिएकाले  मदिराजन्य पानी धारासम्म पुगेकाे हाे ।

इनारको पानी सफा हुन कम्तिमा पनि एक महिना लाग्न सक्ने र नगरपालिकाले दिएको पानीले अपार्टमेन्टमा सबैलाई पुग्न मुस्किल हुने हुँदा अपार्टमेन्टबासी अहिले समस्या खेपी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…