पुरानो गोरख गणको २५७ औँ स्थापना दिवस

पुष्पराज अधिकारी
हेटौँडा । अंग्रेजी फौजसँग नालापानीको किल्लामा पानी समेत नखाई लडेका वीर बलभद्र कुँवरले नेतृत्व गरेको पुरानो गोरख गणले २५७ औं स्थापना दिवस मनाएको छ । नेपालीको गौरवगाथा जोडीएको नालापानी युद्धमा नेपाली सेनालाई महिला, पुरुष र बालबालिकाले समेत सहयोग गरेको स्मरण गर्दै स्थापना दिवस मनाएको हो ।

युद्धको झल्को दिनेगरी गोरख गणका सिपाहिले प्रस्तुत गरेको सांगीतिक माहोलले कार्यक्रमलाई थप रोचक बनाएको थियो । मगर जातीको मात्रै प्रतिनिधित्व रहने गरी स्थापना भएको मगर पल्टन पुरानो गोरख गणले नेपाली सेनामा जातीय पहिचानलाई समेटेको कार्यक्रमका प्रमुख अतिथी कर्णेल कमाण्डेण्ट एवं युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले बताउनुभयो ।

२०५० सालको प्राकृतीक प्रकोपका बेला यही पल्टनले मकवानपुरमा उद्दारको काम गरेको शर्माले जानकारी दिनुभयो । शनिबार आयोजित कार्यक्रममा तानडोरी, म्युजिकल चियर, तेक्वान्दो मार्सल आर्टस् र सैनिक नृत्यलगायत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कर्णेल कमाण्ड एवं युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा पृतनापति ताराध्वज पाण्डे, पुरानो गोरख गणका गणपति प्रमुख सेनानी अनिल बुढाथोकी, पृतना चिफ, बाहिनीपतिलगायतको उपस्थिति थियो ।

नेपालको एकीकरणका दौरान नुवाकोट, मकवानपुर राज्य विजय गरी विसं १८१९ माघ १० गते मिरकासिमको फौजलाई मकवानपुरगढीमा पराजित गर्दा मगरहरुले देखाएको अदम्य साहस, बहादुरीता, युद्धकौशलता र अनुशासनबाट प्रभावित भएर राजा पृथ्वीनारायण शाहद्वारा यो गणको स्थापना गरिएको हो ।

गुरगिन खाँको फौजबाट प्राप्त हतियार प्रयोग गरी मगर जातिलाई मात्र भर्ना गर्ने गरी १८१९ फागुन १० गते गोरखनाथ बाबा र गोरखकालीको सम्झनामा गोरख कम्पनी स्थापना भएको थियो । १८४० मा खडा भएको अर्को कम्पनीको नामसमेत गोरख नै जुर्न गएकाले पल्टनको नाम पुरानो गोरखमा परिवर्तन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…