प्रधानमन्त्री ओली भ्रष्टाचारीको प्रमुख संरक्षक हुन् : अध्यक्ष भट्टराई

राजन पौडेल
पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको बताउनुभएको छ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वत पुग्नुभएका अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको आरोप लगाउनुभएको हो ।

भट्टराईले निर्वतमान सञ्चारमन्त्री बाँस्कोटा प्रकरणले पनि प्रधानमन्त्री ओलीमाथि शंका उत्पन्न भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीतर्फ संकेत गर्दै आकाशतिर फर्केर थुक्दा थुक आफ्नै मुखमा परेको भन्दै व्याङ्ग्य गर्नुभयो ।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ । अस्ति ३ गते ममाथि औँला ठड्याउनुभयो । मतिर फर्केर आकाशतिर थुक्नुभयो । आफ्नै मुखमा पर्याे’ उहाँले भन्नुभयो, ‘उहाँ अस्वस्थ हुनुहुन्छ । मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ । त्यसैले यो भन्दाबढी केही पनि भन्दिनँ ।’

प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकाले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको उहाँको दाबी छ ।

‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहनुभएको छ । खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ’ डा भट्टराईले भन्नुभयो, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकाले यो मुद्दा गम्भीर रूपमा आएको छ । दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो । थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?’

प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उहाँले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताउनुभयो ।
वर्तमान नेकपा र कांग्रेस दुवै दलमा रहेका कतिपय राम्रा मान्छे रहेका तर उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवी आफ्नो पार्टीमा आउनु उपयुक्त हुने भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…