एक्कासी आवाज आयो– आत्थु आत्थु, गुहार गुहार : गर्भवती पत्नीलाई विनोदले किन लगाए आगो ? (भिडियाेसहित)

रामभरोसी यादव
सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै वडा नम्बर ४ निवासी विनोदसँग भएको थियो । आर्थिक स्थिति त्यति राम्रो थिएन विनोदको । यद्यपि जसोतसो गुजारा चलिरहकै थियो । समय बित्दै गयो, आर्थिक अवस्था सुधार्ने भन्दै विनोद करिव ३ वर्ष अघि विदेश गएका थिए । तीन वर्षको अवधिमा उनी कहिले काँही घर  आएका थिए । पछिल्लो समय ३ महिना पहिला मात्र गाउँ फर्किएका थिए । विनोद र अनिताका २ वर्षको छोरा  छन् । घटना हुने समयमा पनि अनिता गर्भवती थिइन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ नबटोलीमा माघ १० गते शुक्रबार २५ वर्षीया अनिताकुमारी यादव घरायसी कामकाजमा ब्यस्त थिइन् ।

परिवारका लागि साँझको खाना तयार गर्दै थिइन अनिता । एक्कासी अनिता चिच्याउन थालिन –आत्थु आत्थु, गुहार गुहार । अनिताको शरीरमा आगो लागेको थियो । आगोले अनिताको अधिकांश शरीर जलेको थियो । आगो लागेपछि अनिताका पति विनोद र उनका भाउजुले उपचारका लागि विराटनगर पुर्याए । विराटनगरमा सामान्य उपचार गरेर थप उपचार संम्भव नभएपछि अनितालाइ काठमाडौं रिफर गरियो । अनिताको आमा बुबाले अनितालाई काठमाडाैं ल्याए तर बाटोमै pgको मृत्यु भइकेको थियो । अनितालाइ काठमाडौ ल्याउदै गर्दा उनका पति विनोदलाई भने प्रहरीले मोरङबाट पक्राउ गरिसकेकाे थियाे । माघ १० गते बेलुकी खानाको तयारी गरिरहेकी अनिताको जीउमा आगो त्यसै सल्किएको थिएन । क्षणिक आवेगमा अनिताका पति विनोदले अनिताको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिएका थिए । शरीरका अधिकांश भाग जलेकी अनितालाई उपचारको लागि काठमाडौं लगिए पनि उनले बाटौमै देह त्याग गरिसकेकी थिइन् ।

आर्थिक कारोबारले नै लियो अनिताको ज्यान
अनितालाई उपचारको लागि काठमाडौ ल्याउदै गर्दा प्रहरीले पति विनोदलाई मोरङबाट पक्राउ गरिसकेको थियो । प्रहरीले त्यसबारे अनुसन्धान गर्दै जादाँ घटनाकोभित्री रहस्य पनि खुल्दै गयो । आर्थिक अबस्था नाजुक भएपछि विनोद कमाइ गर्ने उद्देश्यले विदेश जाने योजनामा थिए । तर उनीसँग विदेश जानका लागि पैसा थिएन । आफ्नो पीडा पत्नीलाई सुनाएपछि अनिताले माइतीबाट पैसा ल्याइ विदेश जाने योजना साकार गर्ने बताइन् । विनोद जसरी पनि विदेश जाने सोचाइमा थिए । ३ वर्ष अघि विदेश जानलाई अनिताका बुवाले ६५ हजार सापटी र बाँकी रकम ऋण स्वरुप मिलाइदिएका थिए । विनोद विदेश गए, पैसा कमाए र घरमा पनि पठाए । विनोदले विदेशबाट पठाएको रकम अनिताले ऋण तिर्दै गइन । तर विनोदले पठाएको पैसा अनिताले सवै माइतीलाई पोसेको विनोदको ठम्याइ थियो । त्यही विषय विनोद विदेश मै छदाँ फोनमा पनि बेलाबेलामा विवाद हुने गर्थ्याे । विदेशबाट फोन गर्दा पनि विनोदले अनितालाई गाली बेइजत गर्ने गरेका थिए ।

विनोद ३ महिना अघिमात्र घर आएका थिए । आएदेखिनै अनितासँग झगडा गर्ने भएपछि ज्वाई (विनोद)को आफन्तलाई राखेर उनले पठाएको रकम र आफ्नो लिनुपर्ने रकमको हिसाव मिलाएका थिए अनिताका बुबाले । आफन्तको अगाडि हिसाब मिलान भएको स्वीकारे पनि विनोदको भित्री मनले भने पैसा अपचलन भएकै ठहर गरिरहेको थियो । विनोदको रिस कम भएको थिएन । त्यही रिसको झोकमा उनले माघ १० गते खाना पकाउँदै गरेकी पत्नीलाई पेट्रोल खन्याएर आगो लगाइएका  हुन्।

संगै बाँच्ने सँगै मर्ने वाचा कसम खाएर विवाह गरेकी पत्नीलाई ट्रोल खन्याएर जलाए विनाेदले ।  याे घटनाले समाजमा मायाप्रेम भन्दापनि पैसा ठूलाे मान्न थालिएकाे प्रष्ट्याएको छ । यद्यपि पैसाकै लागि मानिस यतिसम्म क्रुर हुन सक्छ र ? भन्नेमा समाज समेत झस्किन थालेको छ ।

दोषीलाई पनि जलाउन माइतीपक्षको माग
अनिताको मृत्यु भएको १ महिना बितिसक्यो । तर, आफ्नी छोरीको मृत्यु स्वीकार्न सकेको छैन, माइतीपक्षले । उनीहरुका आँखा अझै ओभाएका छैनन्, छोरीको वियोगमा । अशोकका २ छोरी र १ छोरा मध्येकी अनिता जेठी सन्तान थिइन् । धेरै रहरले हुर्काएको छोरीको अल्पायुमै मृत्यु भएपछि उनी गहिरो शोकमा छन यत्तिखेर । घटनाको खबर सुन्ने वित्तिकै घटनास्थल पुगेका अशोकलाई पहिला खाना बनाउने ग्याँसबाट आगो सल्किएको भनिएको रहेछ । तर घर भित्र पस्नासाथ आएको पेट्रोलको गन्धले घटना भवितव्य नभइ योजनावद्ध भएको उनको निष्कर्ष छ ।

एक छोरा, पति विनोद र अनिताको ३ सदस्यीय परिवार अन्ततः तितरवितर भएको छ । अनिताको हत्या अनि पतिलाई प्रहरीले नियन्त्रणमा लिएपछि यतिखेर दुई वर्षीय छोराको भविष्य समेत अन्योलमा परेको छ । उता, माइतीपक्ष पनि शोक अनि पीडामा छ । यता जिल्ला प्रहरी सिरहाले भने दोषीले अपराध स्वीकार गरिसकेको जनाएको छ । तर पनि अझै अनुसन्धानमा केन्द्रित रहेको बताउँछ प्रहरी । दोषीले घटना स्वीकार गरेपनि यसमा अन्यको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरी अनुसन्धान जारी छ ।  यतिखेर अनिताको माइती घरमा जो पुगेपनि अनिताकी आमा आफ्नी छोरीको हत्यारालाई पनि जलाएर मार्नु भन्दै विलौना गर्छिन् । बुवा अशोक पनि हत्यामा संलग्नलाई हदैसम्मको सजाय दिनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…