Logo मंसिर २०, २०७७ शनिबार


प्रिन्टिङ प्रेस खरिद र ललिता निवास प्रकरण : सत्तापक्ष र प्रतिपक्षीको जुहारी

पुष्पराज अधिकारी
हेटौँडा । बागमती प्रदेश सभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ । आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकांश सांसदले सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाए भने सत्तापक्षका सांसदले सरकारले भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरे ।

नेपाली कांग्रेसकी सचेतक राधा घलेले सरकार बलात्कार र भ्रष्टाचारबाट ग्रसित बन्दै गएको आरोप लगाउनुभयो । सरकारले बोलेको र यथार्थमा देखिएका घटनाले सरकार भ्रष्टाचारमुक्त देश निर्माणतर्फ नभई नीतिगत र संस्थागत रुपमा भ्रष्टाचार गर्नमा अग्रसर देखिएको बताउनुभयो ।

यस्तै दिपेन्द्र श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा सरकारले विभेदपूर्ण निर्णय गरेको आरोप लगाउनुभयो । एउटै घटनामा नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन प्रधानमन्त्रीहरुलाई छाड्ने तर प्रतिपक्षीलाई मुद्दा लगाउने काम नीतिसंगत नभएको बताउनुभयो । काण्डै काण्डमा फसेको सरकारको ढाकछोप गर्नको लागि प्रचारात्मक शैलिमा सार्वजनिक जग्गा खोज्ने र खम्बा गाड्ने काम भैरहेको उहाँको भनाइ छ ।

यस्तै विवेकशील साझाका रमेश पौडेलले राष्ट्रसेवक कर्मचारीलाई अमर्यादित शब्द प्रयोग गर्दै ७० करोडको प्रकरणमा मुछिएका मन्त्रीको राजीनामालाई नैतिकताको आधारमा राजीनामा दिएको भन्नु गलत भएको बताउनुभयो । मन्त्रीको राजीनामा नैतिकताको भए अनैतिकताको राजीनामा कस्तो हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

यस्तै प्रिन्टिङ प्रेस खरीद प्रकरणमा निस्पक्ष छानबिन हुनेमा शंका गर्नुभयो । बैठकमा सत्तापक्षका सांसद दिपक निरौलाले संसदमा सांसदहरुले उठाउने विषयहरु सत्य र तथ्थगत रुपमा राख्नुपर्ने भन्दै प्रतिपक्षीको आरोपको खण्डन गर्नुभयो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुनिएका आवाज क्यारिकेचर गरिएको हुनसक्ने भन्दै छानविन बिनै सुनेका भरमा मात्रै दोषी करार गराउन नहुने बताउनुभयो । नेकपा बाहेक अन्य कुनैपनि पार्टीले आरोप लाग्नेबित्तिकै नैतिकताको आधारमा राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउने हिम्मत नगरेको दाबी गर्दै प्रिन्टिङ प्रेस प्रकरण कानुनी प्रकृयाबाटै समाधान हुने बताउनुभयो ।

यस्तै केशवराज पाण्डेले प्रिन्टिङ प्रेस खरीद प्रकृया जी टु जी मोडेलबाट अघि बढिरहेकोमा एजेण्ट कसरी आयो भन्दै उक्साएको भरमा दोषी प्रमाणित नहुने बताउनुभयो ।

सिम्पल महादेवलाई सुनको जलरी ?
सरकारले पशुपतिनाथ मन्दिरमा सय किलोको सुनको जलरी लगाउने निर्णयको कांग्रेस सांसदले विरोध गरेका छन् । बागमती प्रदेश सभामा आइतबारको बैठकमा विशेष समयमा बोल्दै पशुपतिनाथ संरक्षण विकास कोषका सदस्य एवं नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले खरानी घँसेर भक्तहरुको कल्याण र संरक्षण गर्ने महादेवलाई सरकारले सुनको जलरी लगाएर सामन्ती बनाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले सिम्पल महादेवलाई सुनको जलरी कहीँ सुहाउँछ भन्दै व्यङ्ग्य गर्नुभयो । प्राचिन स्मारक संरक्षण ऐनअनुसार नै पशुपतिनाथलाई संरक्षण गर्न सांसद वैद्यले सरकारलाई आग्रहसमेत गर्नुभयो ।

राप्रपाकी सांसद रिना गुरुङले प्रदेश सरकार महिलामैत्री नभएको आरोप लगाउनुभयो । उहाँले आम महिलाहरुको अधिकारका लागि संसदमा बोल्ने महिला सांसदहरुले आफ्नै अधिकारका लागि लड्न नपरोस् भन्दै बागमती सरकारको मन्त्रिमण्डल समावेशी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।