पशुपति विकास काेशले गर्‍याे साधुसन्तकाे विदाई

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ ।

महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाई गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको बताउनुभयो ।

विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उहाँले बताउनुभयो । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको विदाई गरिएको हो ।

साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ ।

विदाई समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…