आइतबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी ।

२.चार जनाविरुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलद्वारा उजुरी दर्ता ।

३.भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न उजुरीमा माग ।

४.प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन खोजेको अडियोमा स्पष्ट भएकाले छानविन गर्न माग ।

५.गत जेठमा गठन भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक सम्पन्न ।

६.नेकपा नेतृत्वको सरकारले गरेका भ्रष्टाचारका सबै काण्ड छानविन गर्न छाया मन्त्रीहरुलाई निर्देशन ।

७.बैठकमा वर्तमान घटनाक्रम र भइरहेका प्रगतीका विषयमा पनि समीक्षा भएको जानकारी ।

८.बास्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडि बढाउने विषयमा छलफल गर्न बैठक डाकिएको नेताहरुको भनाइ ।

९.गोकुल बास्कोटा प्रकरणमा एकल प्रयास नरहेको भन्दै प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको भनाइ ।

१०.बास्कोटा प्रकरणमा प्रधानमन्त्री स्वयम् संसदमा आएर स्वतन्त्र, निश्पक्ष ढङ्गले छानविन हुनुपर्ने महतको माग ।

११.पछिल्लो समय बढेका भ्रष्टाचारका विषयमा आफ्नो पाटीले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरेको पनि जानकारी ।

१२.एमसीसी परियोजना नेपालका लागि घातक रहेको नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलको भनाइ ।

१३.परियोजनाले भविष्यमा नेपाललाई इराक र अफगानिस्तान बनाउने खतरा रहेकोभन्दै गजुरेलद्वारा सरकारको ध्यानाकर्षण ।

१४.सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिषयमा सरकारले छानबिन गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाइ ।

१५.सरकारले अनुसन्धान गरी कानूनी प्रक्रियाबाटै यो विषयको टुङ्गो लगाउने दाबी ।

१६.बास्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने मन्त्री थापाको स्पष्टोक्ति ।

१७.एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेकोले एमसीसी बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी ।

१८.नवनियुक्त सूचना तथा सञ्चार तथा प्रबिधीमन्त्री डा. युवराज खतिवडाद्वारा पदभार ग्रहण ।

१९.सञ्चार जगत लोकतन्त्रको आधार स्तम्भ भएकाले सञ्चारमाध्यमप्रति सदैव सकारात्मक रहने प्रतिबद्धता ।

२०.सही सूचनाले सभ्य समाज निमार्ण हुने मन्त्री खतिवडाको भनाइ ।

२१.निजी सञ्चारमाध्यमसँग सहकार्य गरी सरकार अघि बढ्न चाहेको पनि मन्त्री खतिवडाद्वारा जानकारी ।

२२.गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रीमा पशुपतिनाथ आएका साधु सन्तको बिदाई ।

२३.साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने, बस्ने र धुनीको व्यवस्था गरिएको कोषद्वारा जानकारी ।

२४.बिदाईमा गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका बाबालाई दक्षिणा दिई विदाई ।

२५.अन्य ५ हजार बढी सन्तलाई पनि विदाई गरिएको कोषको भनाइ ।

२६.दक्षिणा सहित बिदाई हुन पाउँदा सन्तहरुद्वारा पनि खुसी व्यक्त ।

२७.महाशिवरात्रिका लागि भारतका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने परम्परा ।

२८.गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिबद्धता ।

२९.गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा भएको कार्यक्रममा मन्त्री ज्ञवालीद्वारा सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको जानकारी । ।

३०.मन्त्री ज्ञवालीद्वारा नेपाल भ्रमण वर्ष २०२० को स्पेनमा पनि उद्घाटन ।

३१.विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई मन्त्री ज्ञवालीको आग्रह।

३२.परराष्ट्रमन्त्री ज्ञवालीले भोलिदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिंने ।

३३.प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउन बागमती प्रदेशसभामा प्रदेश युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश ।

३४.युवाहरुको क्षमता र सीप विकास गर्ने र युवाहरुलाई विकासका लागि सही ढंगले परिचालन गर्ने उद्देश्यले विधेयक ल्याइएको सामाजिक विकास मन्त्रालयको भनाइ ।

३५.बीमा दाबीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी ।

३६.बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापनलाई सरकारले चासोकासाथ हेरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ ।

३७.बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको अर्थमन्त्रीको भनाइ ।

३८.बीमा कम्पनीले ठूला ग्राहक मात्रै खोज्ने र सानातीन बीमा गर्नुपर्ने व्यवसायलाई नहेरेकोले यस्तो प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड ।

३९.धेरै कमाउनेबाट बढी कर उठाएर भएपनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने प्रतिबद्धता ।

४०.बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंको भनाइ ।

४१.सरकारको स्वामित्व भएको बीमा कम्पनीले संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धि गर्न सुझाव ।

४२.तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा बनायो अहिलेसम्मै उच्च रेकर्ड ।

४३.आइतबार छापावाला सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा किनबेच ।

४४.चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय बिस रुपैयाँमा कारोबार ।

४५.साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्स्चेञ्ज नेप्से उकालो लागेसगै कारोबार रकमले पनि बनायो रेकर्ड ।

४६.बजारमा १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँमा खरिदबिक्री ।

४७.नेप्से ६९ दशमलव पाँच छ अंकले बढेर १५ सय ४ दशमलव एक चार अंकमा ।

४८.आइतबारको बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ अंकले बढ्यो ।

४९.गत वर्षको मुनाफाबाट शेयरधनीलाई २३ दशमलव एक छ प्रतिशत लाभांश दिने नगारिक लगानी कोषको प्रस्ताव ।

५०.शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव एक छ प्रतिशत नगद लाभांश दिने कोषको निर्णय ।

५१.प्रस्तावित लाभांश आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने ।

५२.नेपाल टेलिभिजनबाट प्रशारण हुने नेपाली सिंगिंङ रियालिटी शो नेपाल स्टारको वाईवाई चाउचाउले मुख्य प्रायोजन गर्ने ।

५३.मुख्य प्रयोजनसम्बन्धी सम्झौतामा चौधरी ग्रुप र कार्यक्रम व्यवस्थापनको कार्य गर्दै आएको कि एडभर्टाइजिङबीच हस्ताक्षर ।

५४.सम्झौतासँगै अब वाईवाई नेपाल स्टारको नामबाट कार्यक्रम संचालन हुने ।

५५.प्रहरी कर्मचारीहरुले नागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको जोड ।

५६.सोचेजस्तो र आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरीको दायित्व भएकोले भन्दै सोही अनुरुप कार्य गर्न निर्देशन ।

५७.प्रहरीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम गरेमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने भनाइ ।

५८.सुनसरीको इटहरी उपमहानगरपालिकाद्वारा सडक क्षेत्राधिकार मिचेर बनाइएका घर टहराहरु भत्काउन शुरु ।

५९.दुई वर्षदेखि पटक–पटक सुचना जारी गर्दै घर भत्काउन निर्देशन दिएपनि स्थानीयले अटेर गरेकाले डोजर लगाउनु परेको उपमहानगरपालिकाको भनाइ ।

६०.सार्वजनिक संरचना हटाउन सुरु गरेसंगै सो क्षेत्रमा नापजाँच तथा सिमाङ्कन समेत छुट्टाएर काम अघि बढाउन सम्बन्धित पक्षलाइ निर्देशन ।

६१.अव्यवस्थित निर्माण भएका भौतिक संरचनालाइ फागुन महिनाभित्र हटाएर तोकिएको समयमा राजमार्ग मर्मत गरिने उपमहानगरको दाबी ।

६२.आगामी जेठ महिनाको दोस्रो साता काठमाडौंमा दक्षिण गोलार्दीय अन्तर्राष्ट्रिय सम्मेलन हुने ।

६३.कुप्रथाको रुपमा रहेको छाउपडीमुक्त नेपाल निर्माणका लागि सम्मेलन गर्न लागिएको महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङको भनाइ ।

६४.अब उप्रान्त कुरीति, प्रथाविरुद्ध सबै अभियान नेपाल सरकारकै नेतृत्वमा सञ्चालन हुनेपनि मन्त्री गुरुङको दाबी ।

६५.सम्मेलनमा नेपालसहित ३० राष्ट्रका प्रतिनिधि, ७ सय ५३ वटै स्थानीय तह, ७७ जिल्ला, सातै प्रदेश र संघीय सरकारका विज्ञहरुको सहभागिता हुने जानकारी ।

६६.सिन्धुपाल्चोकको सुकुटेमा प्रथम सुकुटे महोत्सव २०७६ हँुदै ।

६७.साहसिक जलयात्रा लागि परिचित भोटेकोसी नदीको प्रचारप्रसार, पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्ने र भ्रमण वर्ष २०२० लाइ सफल पार्न महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ ।

६८.कैलालीको धनगढीमा फागुन १४ देखि २० गतेसम्म आयोजना हुन लागेको विश्व नेपाली साहित्य महोत्सवको तयारी तीब्र ।

६९.सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुने महोत्सवमा विश्वभरिका लेखक तथा साहित्यकारहरूको जमघट हुने ।

७०.महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने ।

७१.सुदूरपश्चिमलाई विश्वभर चिनाउनको लागि साहित्य महोत्सवको आयोजना गर्न लागिएको आयोजकको दाबी ।

७२.नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा विभिन्न कलाका ५ विधालाई समेटेर आगामी वैशाखमा दशौं ललितकला प्रदर्शनी हुने ।

७३.कलाविद्हरुको अन्तरक्रिया तथा अनुभव समेत समेटिने प्रदर्शनीमा पाँच सयबढी कला प्रदर्शनी हुने अपेक्षा ।

७४.ललितपुर महानगरपालिका वडा.न. २१ को सहयोगमा आयोजना गरिएको खोकना महोत्सव सम्पन्न ।

७५.महोत्सवको ४० हजार बढीले अवलोकन गरेको आयोजकको भनाई ।

७६.महोत्सवले नेपाल भ्रमण २०२० लाई पनि सघाउ पुगेको विश्वास ।

७७.निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने माग गर्दै चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल पाँच दिनदेखि आमरण अनसनमा ।

७८.निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला र अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने लगायतका ७ सुत्रीय माग ।

७९.अनसनरत पौडेलद्धारा माडी बहुउपेक्षित क्षेत्र भएकाले राज्यको ध्यानाकर्षण गराउन अनसन बसेको पौडेलको भनाई ।

८०.लुम्बिनी क्षेत्र विश्व लोपोन्मुख पन्छी सारस क्रेनका संरक्षण लगायत विभिन्न कारण जोखिममा पर्दै ।

८१.खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीका साथै ढल तथा प्लास्टिक र शिशाजन्य पदार्थकै कारण सिमसार जोखिममा ।

८२.कृषिभूमिमा बढ्दो विषादी र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तारले पनि सारस संकटमा ।

८३.नेपालमा सारसको कुल संख्याको करिब ८५ प्रतिशत संख्या दुई जिल्ला रुपन्देही र कपिलवस्तुमा मात्रै सिमित ।

८४.पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते ।

८५.ना ७ ख २०६ नम्बरको बस र ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किएको प्रहरीको भनाइ ।

८६.काठमाडौं नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना नगद २६ हजार ४ सय ५० रुपैयाँ सहित पक्राउ ।

८७.बर्दिया गेरुवा गाउँपालिका ३ का मान बहादुर ठाकुर लागूऔषध ब्राउन सुगरसहित पक्राउ ।

८८.काठमाडौं, तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु ।

८९.काठमाडौं बालाजुमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा नुवाकोटका निखिल तामाङको मृत्यु ।

९०.तनहुँमा ग.१ ख ९६१८ नम्बरको बसले ठक्कर दिंदा पैदलयात्री ५० वर्षीया बिष्णुमाया थापा घर्तिको मृत्यु ।

९१.टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा आठ जनाको मृत्यु ।

९२.इटालीमा यूरोपकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएपछि नियन्त्रणका लागि असाधारण उपाय अपनाउन शुरु ।

९३.दुई जनाको मृत्यु र संक्रमितको संख्या बढेर ७९ पुगेपछि प्रधानमन्त्री जोसेप कोन्टेले आपतकालीन योजना गरे घोषणा ।

९४.योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन शहरलाई क्वारन्टाइनको अवस्थामा राखियो ।

९५.शहिद स्मारक बि डिभिजन लिगको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई हराउँदै बोईज युनियन क्लबद्धारा विजयी शुरुवात ।

९६.सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आइतबार शुरु भएको लिगको पहिलो खेलमा बोइज युनियनद्धारा श्री कुमारी क्लब २–० गोलअन्तरले पराजित ।

९७.जितमा वर्तमान राई र प्रदिप बोगटीको एक एक गोलको योगदान, जितसँगै बोईजले जोड्यो लिगमा तिन अंक ।

९८.क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने ।

९९.आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गरिने ।

१००.सिप्यानका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …