चुरोटको ठुटोबाट सिंहदरबारभित्र आगलागी

     फाइल तस्बिर

काठमाडौं । सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टविनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।

साँझ ७ :२५ बजे सुरु भएको आगलागी ७:५० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । डस्टविनमा चुरनेटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन् । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको हो की भन्ने शंका थियो र तर घटनास्थलमा विद्युतको तार भेटिएन् । जलेको डस्टविन प्यासेजमा थियो । त्यसैले ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकोे छ । आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…