‘सबै नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ’ (भिडियोसहित)

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ । करिब ७ दशकपछि भएको परिवर्तनलाई संस्थागत गर्न र जनताको सरकार छ भन्ने अनुभूति गराउन विकृतिलाई प्रसय दिन नहुने महरको तर्क छ ।

जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम सन्दर्भमा बोल्दै महरले जनताले आशा भरोसा गरेका नेताहरुले बानी सुधार्नुपर्ने बताउनुभयो । अनाहक लागेका आरोपलाई राज्यका संयन्त्रले सफाइ दिने भएकाले कसैले पनि आत्तिन नहुने महरको जोड छ । कम्युनिष्ट नेताहरु विलासी बन्न हुन्न, उनीहरु जनताका सेवक हुन् भन्ने यथार्थलाई पुष्टि गर्न केन्द्रीयस्तरका नेताहरुको सम्पत्ति शुद्धीकरण र राष्ट्रियकरण गरिनुपर्ने महरको माग छ ।

एक फरक प्रसंगमा बोल्दै संयोजक महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुन नदिनेमा केही तत्व लागेकाले त्यस्तो हुन नदिने बताउनुभयो । लामो इतिहास बोकेर आएका विद्यार्थी संगठन र उसको आन्दोलनले ल्याएको परिवर्तन कसैले भुल्न नहुनेमा महरको जोड छ ।

भिडियो हेर्नुहोस् :

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…