‘ग्याल्बो ल्होसारले सामाजिक सद्भभावमा मद्धत’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले विभिन्न समुदायको चाड पर्वले सामाजिक सद्भभाव कायम गर्न मद्धत पुर्याउने बताउनुभएको छ । अध्यक्ष दाहालले सोमबार ग्याल्बो ल्होसारको शुभकामना दिँदै यसले विभिन्न समुदायबीच सामिप्यता बढाउने उल्लेख गर्नुभयो ।

‘नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको ’उहाँको शुभकामनामा उल्लेख छ, ‘अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो ।’

अध्यक्ष दाहालले सबै समुदायको संस्कृति तथा चाडपर्व संरक्षण गर्दै मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने दोहोर्याउनु भएको छ । ‘नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान यस पर्वले सबैमा प्रेरणा मिल्ने विश्वास लिएको छु’ शुभकामनामा उल्लेख छ, ‘यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…