‘जनतामा भ्रम छर्नेहरुदेखि होशियार बनौं’

हिमलाल पराजुली
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनतामा भ्रम छरेर निरासा पैदा गर्न केही व्यक्तिहरु लागिपरेको बताउनुभएको छ । मन्त्री अर्यालले सरकारले जनताको हितमा काम गरेपनि केही नगरेजस्तो अनर्गल प्रचार गरेर जनतालाई भ्रममा पार्ने कोशिस भइरहेको बताउनुभएको हो ।

आइतबार स्याङ्जाको भीरकोटमा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सवको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनतालाई आशाको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘जनतामा गलत सन्देश फैलाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ, त्यसैले जनतालाई निरासा बनाउने होइन कि, उत्साहको सन्देश दिनुपर्छ’ ,अर्यालले भन्नुभयो ।

दोस्रो भीरकोट महोत्सवले स्याङजाको आर्थिक गतिविधिसँगै पर्यटनको विकासमा टेवा पुग्ने मन्त्री अर्यालले भनाइ छ । जिल्लाको समग्र विकास निर्माण आफू अहोरात्र खटिरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…