‘लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानुनमा सुधार’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनमा सुधार गरेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै उहाँले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानुनलाई सहज बनाउँदै गएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले  लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताउनुभयो । नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो । उहाँले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेटमार्फत करका विषयमा सुधार गर्दै जाने बताउनुभयो । उहाँले निजी क्षेत्रका समस्यालाई सरकारले बिस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधा दिदै आएको समेत बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताउनुभयो । यातायात खर्च बढी हुनु, करका दर उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझैपनि उच्च रहको तर्क उहाँको छ । उहाँले करको दायरा र दर बढाउँदै जाँदा साना उद्योगलाई समस्या परेको समेत बताउनुभयो ।

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको  कार्यशाला गोष्ठी दुईदिन सम्म चल्नेछ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौती र सम्भावनाका विषयमा विस्तृत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …