शेयर फेरि ओरालो

काठमाडौं । आइतबार उच्च अंकले कारोबार भएर रेकर्ड कायम गरेको शेयर बजार सोमबार भने घटेको छ । सोमबार बजार परिसूचक नेप्से १ दशमलव नौ छ अंकले बटेर १५ सय दुई दशमलव एक आठ अंकमा झरेको छ ।

कारोबार रकममा भने धेरै गिरावट आएको छैन । दिनभरमा १ सय ७९ कम्पनीको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा यो रकम करिब १९ करोडले कम हो । आइतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेपनि बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव चार नौ अंकले बढेको छ । सोमबारको बजारमा फ्लोट इन्डेक्स शुन्य दशमलव दुई तीन अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शुन्य दशमलव एक एक अंकले घटेका छन् । सोमबारको बजारमा बैकिङ, उत्पादन र अन्य समूहको परिसूचकमा सुधार आएको छ । बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …