Logo फाल्गुन १३, २०७७ बिहीबार


नेपालको व्यापार सुधारको बाटोमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको व्यापार सुधारको बाटोमा छ । आयात घट्दोक्रममा र निर्यात बढेका कारण त्यसको सकारात्मक असर ब्यापार घाटामा देखिएको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै ओरालो लागेको वस्तु आयात सातौं महिनामा पुग्दा समेत निरन्तरता पाएको छ । भन्सार विभागका अनुसार सात महिनासम्म आइपुग्दा आयात ३ दशमलव पाँच छ प्रतिशतले घटेको छ । विभागको तथ्याँकअनुसार सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

गत वर्षको पहिलो सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु र सेवा आयात गरिएको थियो । यसैगरी चालु आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म आइपुग्दा पनि बढिरहेको छ । सात महिनामा निर्यात व्यापार २२ दशमलव चार एक प्रतिशतले बढेको छ । सात महिनामा नेपालले गत सालभन्दा करिब १२ अर्ब बढीको वस्तु तथा सेवा निर्यात गरेको छ । तथ्याँकअनुसार गएको साउनदेखि माघसम्म ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा नेपालले ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव तीन तीन प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । निर्यात बढ्दा र आयात घट्दा त्यसले समग्र वैदेशिक व्यापारमा सुधार देखिएको छ । पछिल्लो समय वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको हिस्सा निरन्तर बढिरहेका कारण यसले सुखद संकेत नै गरेको छ । अघिल्लो महिनाको तुलनामा निर्यातमा गिरावट आएपनि समग्र व्यापारमा भने सुधार देखिएको हो । विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको थियो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…