इपीएलको लागि भित्र्याइयो पाकिस्तानी खेलाडी

काठमाडौं । ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटका लागि तीन पाकिस्तानी खेलाडी भित्र्याएको छ । ललितपुरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीन पाकिस्तानी खेलाडी टिममा अनुबन्ध गरेको जानकारी गराएको हो । ललितपुरले हम्माद आजम, हस्सन खान र मिर हाम्जालाई अनुबन्ध गरेको छ ।

हम्माद र हस्सन अलराउण्डर हुन् भने मिर तीब्र गतिका बलर हुन् । हाम्जाले गत सिजन इङग्ल्याण्डको काउन्टी क्लब ससेक्स्बाट खेलेका थिए भने हसन खानले पाकिस्तानको फे्रन्चाइज टी–ट्वान्टी पाकिस्तान सुपरलिग पिएसएलमा समेत खेलिसकेका छन् । उनले सन् २०१८ मा क्वेटा ग्लाडियटर्सबाट खेले भने २०१९ मा लाहोर कलन्दर्सलाई प्रतिनिधित्व गरेका थिए । यसबाहेक उनले क्यानडाको ग्लोबल टी–ट्वान्टी समेत खेलिसकेका छन् । उनी २०१८ मा भएको अन्डर नाइन्टिन विश्वकपमा पाकिस्तानका कप्तान समेत रहेका थिए ।

हम्माद पाकिस्तानको घरेलु क्रिकेटमा निकै प्रतिभाशाली खेलाडीको रुपमा चिनिन्छन् । उनी पाकिस्तानमा भर्खर सम्पन्न लिस्ट ए प्रतियोगिता पाकिस्तान कपका उत्कृष्ट अलराउण्डर समेत हुन् । त्यो प्रतियोगितामा उनले एक सय ४४ रन बनाउँदै ९ विकेट समेत लिएका थिए । विदेशी खेलाडीको कोटामा ललितपुरले यसअघि नै श्रीलंकाका उपुल थरंगालाई भित्र्याई सकेको छ । ललितपुर नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानिमा मैदान उत्रने छ । इपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …