भूकम्प पीडितसँग घुस लिने इन्जिनियर पक्राउ

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस माग गरेको अभियोगमा सव इञ्जिनीयर नवलेशकुमार रौनियार पक्राउ गरेका हुन् ।

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार गरेको हो । रआयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र त्यही कार्यालयका खरिदार शिवाराज उपाध्यायविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत उनीहरुले २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ रुपेयाँ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…