सरकारी स्कुलमा स्वयंसेवक शिक्षक खटाइँदै

काठमाडौं । सरकारी स्कुलमा रहेकाे शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्न लागेको छ । आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयंसेवक शिक्षक नियुक्त गर्ने मन्त्रालयका सहसचिव कृष्ण काप्रीले जानकारी दिए ।

स्वयंसेवक शिक्षक नियुक्तिका लागि मन्त्रालयले कार्यविधि तयार गरेको छ । स्वयंसेवकको रुपमा नियुक्त हुने शिक्षकलाई मासिक २४ हजारदेखि ३२ हजार रुपैयाँसम्म पारिश्रमिक दिइनेछ । उनीहरुको न्युनुतम शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने छ ।

यसरी पढाउन नियुक्त भएका शिक्षकलाई १२ महिनाको तलब दिइनेछ । यस कार्यक्रमका लागि सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएकाे काप्रीले जानकारी दिए । यस्ता शिक्षकलाई पढाउन जान शिक्षक अनुमति प्रमाणपत्र आवश्यक पर्ने छैन । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले ‘चिनौँ आफ्नो माटो , बनाऊँ आफ्नो देश ’ अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो ।

सोही कार्यक्रमअन्तर्गत शिक्षक परिचालन गर्न लागिएको हो । मन्त्रालयका अनुसार शिक्षक विद्यार्थी अनुपात धेरै भएका अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय र प्राविधिक धारका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरिने छ । कार्यविधिअनुसार स्थानीय सरकार र जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत सुचि नियुक्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…