फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराध

साइबर अपराधमा महिलाको संलग्नता धेरै

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक र फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । सबैजसो पत्रिकाहरुले संविधान संशोधनका लागि नेकपाले बनाएको कार्यदलका सदस्यहरुले नै कार्यदलको औचित्यमाथि प्रश्न उठाएको विषयबारे प्रमुख समाचार बनाएका छन् ।

सोमबार जनता समाचार डट कम मा भूकम्प पीडितसँग घुस लिने इन्जिनियर पक्राउ, महराले दाङ पुगेर भने-अब फेरि लड्छु, इपीएलको लागि भित्र्याइयो पाकिस्तानी खेलाडी, घाइते विद्यार्थी गिरफ्तार, कांग्रेसको आपत्ति, ‘सबै नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ’ (भिडियोसहित), कलंकीमा दुखद् दुर्घटना स् ट्रकले भ्यान र स्कुटर किच्यो र ‘लिपुलेक र कालापानीसहितको नक्सा पाठ्यक्रममै आउँछ’ लगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकले साइबर अपराधसँग जोडिएका घटनामा महिलाको संलग्नता धेरै पाइएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र त्यसमा पुरुषभन्दा महिलाको संलग्नता धेरै देखिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिनामा साइबर अपराधसँग जोडिएका १ हजार ९६ मुद्दा दर्ता भएको र त्यसमध्ये महिलासँग जोडिएका मुद्दा धेरै दर्ता भएको पाइएको हो ।

यस अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्ष माथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष, र अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ । जसमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् । त्यस्तै भाइबर मार्फत, ५, ईमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ७ र अन्य माध्याममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ ।

नागरिक दैनिकमा ‘पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाको आगामी राजनीति यात्राबारे पारिवारिक विरासतलाई जोडेर विश्लेषण गरिएको छ ।

पार्टीमा दोस्रो पुस्ताका रुपमा चिनिने यि नेताहरुले आफ्नो पारिवारिक विरासतलाई जोगाउन सक्लान् ? वा नेतृत्वमा स्थापित हुन त्यो विरासत कत्तिको कामयावी होला ? जस्ता विषयमा गहिरो विश्लेषण छ । आगामी महाधिवेशनबाट नेतापुत्रहरु विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सक्रियता पुर्वक लागिरहेका छन् ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका कार्यकर्तालाई क्रियाशील हुन निर्देशन दिनुभएको विषयलाई शीर्ष समाचार बनाइएको छ । सुशासन र विकास आजको प्रमुख एजेण्डा भएको बताउनुहुँदैे प्रधानमन्त्रीले नेकपा आफ्नो गन्तव्यमा पुग्न सामथ्र्यसहित आधार निर्माण गर्ने, राज्य संयन्त्र र जनता परिचालन गर्ने अवस्थामा पुगिएको बताउनुभयो । राष्ट्रिय लक्ष्य र उदेश्यसफल बनाउने गरी सरकारले आफ्नो काम गरिरहेको उहाँको भनाइ छ ।

नेकपाले दुई तिहाईको जनमत प्राप्त गरेकाले अलमल र अन्योलमा नपरी समाजवादका आधार र बाटो तयार गर्दै अगाडी बढ्ने बताउनुभएको छ । यसैगरी पत्रिकामा हेटौंडा अमलेखगञ्ज सुरुङमार्ग सञ्चालनको तयारी भइरहेको समाचारलाई पनि पहिलो पृष्ठमै छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…