व्यक्तिवादी चरित्रले छाँया सरकार ओझेलमा (भिडियोसहित)

‘सरकार भ्रष्टाचारमा लिप्त बन्दै गयो’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न नसकेर अनाहक मुद्धा चलाई कारबाही गर्ने तर्फ उद्धत भएको उहाँको आरोप छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुरा गर्दै नेता महरले केपी शर्मा ओलीको सरकारसँग काण्डैकाण्डको फेहरिस्त रहेको बताउनुभएको हो । नेकपाले पछिल्लो समय एकजनाका लागि संविधान संशोधन गर्न खोज्नु लज्जास्पद रहेको महरको भनाइ छ । सरकारलाई मुलुक विकासका निम्ति प्रशस्त मार्ग हुँदाहुँदै कामै गर्न नसक्नु बिडम्बना भएको उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा बोल्दै महरले व्यक्तिगत इच्छाका कारण नेपाली कांग्रेसभित्रको लडाइँ पेचिलो बन्दै गएको बताउनुभयो । सरकारलाई दबाब दिन र सही मार्ग देखाउन कांग्रेसले छाँया सरकार गठन गरेपनि व्यक्तिवादी चरित्रका कारण छाँया सरकार सफल नभएको महरको दाबी छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…