अनिल तिवारीबारा । मुलुकमा भूमाफियाले सरकारी जग्गा हडपेको चर्चा पछिल्लो समय चुलिएको छ । ललिता निवासदेखि यती होल्डिङले हडपेका नेपाल ट्रस्टको जग्गाको विषयले चर्चा पाइरहेको छ । सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने सरकारले घोषणा नै गरेको छ । यसैबीच बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफ्नो भन्दै अतिक्रमण गरेका छन् ।
निजगढ हुँदै काठमाडौं जोड्ने द्रुतमार्ग अर्थात फास्ट ट्रर्याकको काम द्रुत गतिमा निर्माण भइरहेका बेला सार्वजनिक जमिन हडप्दै कब्जा गर्न थालिएको छ । चुरेपर्वत क्षेत्रमा वर्षौदेखि बसोवास गर्दै आएका सुवन सिंह लोप्चनले २ बिगाहा भन्दा बढी सरकारी जग्गा कब्जा गरेका हुन् ।
सरोकारवाला निकायलाई अत्तोपत्तो छैननिजगढ नगरपालिकाकाे वडा नम्बर १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफ्नो निजी भन्दै अतिक्रमण गरी पर्खाल लगाएका छन् । बारा र मकवानपुरको सिमानामा पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ भालुखोलाका सुमन सिहं लोप्चनले आफ्नो जमिनको सिमाना बाहिर रहेको करिब २ बिगाहा जमिनमा करिब २० फिट चौडा र २ सय ५० मिटर लामो ढुंगाको पर्खाल लगाएर यो जग्गामा कब्जा जमाएका छन् ।
निजगढ हुँदै काठमाडौं जोड्न द्रुतमार्ग अर्थात फास्ट ट्र¥याकको काम द्रुत गतिमा बढी रहेकै बेला सार्वजनिक जमिन हडप्दै कब्जा जमाउन थालेका छन् । बारा निजगढ नगरपालिका १० रतनपुरी लालको सिमामा चुरे पहाड फेदको जमिन यसरी ढुंगाको पर्खाल लगाउँदै कब्जा जमाउन थालेका हुन् । यसरी सार्वजनिक जमीन मिच्दै हड्प्दै कब्जा जमाएको दुई महिना नाघि सक्दा सम्म पनि सम्बन्धित निकाय डिभिजन वन कार्यालय बाराले चाँसो लिएको छैन् ।
बारा र मकवानपुर सिमानास्थित बकैया गाउपालिका वडा नम्बर.६ भालुखोला नजिकै चुरेमा वर्षौदेखि बसोवास गर्दै आएका सुवन सिंह लोप्चनले आफ्नों जमिन खोलाले कटान गरेको र त्यो जमिन सुरक्षित गर्ने भन्दै ढुंगाको पर्खाल लगाउँदा २ विघा भन्दा बढी सार्वजनिक जमिनमा उनले कब्जा जमाएका हुन् ।
लोप्चनले आफ्नों जमिन सुरक्षित गर्ने नाउँमा ढुंगाको पर्खाल लगाउँदा निजगढ नगरपालिका वडा नंम्बर १० लालको सार्वजनिक जमिन पनि हड्प्दै पर्खाल लगाएको बिरोध गर्दै लालबकैया कृषक सिचाई उपभोक्ता संस्था लालले रतनपुरी सव डिभिजन वन कार्यालयमा गत पुस १ गते लिखित उजुरी दिए । तर लोप्चन भने जग्गा अतिक्रमण नगरेको दावी गर्छन् । उजुरीको कानुन प्रकृयाबाट छिनोफानो नहुँदै जग्गाधनी लोप्चनले सिंचाईको मुहान सम्म जानका लागि ६ मिटर चौडाईको बाटो दिने लिखित सहमतीगत पुस २० गते गरे पछि उजुरी दिने लालबकैया कृषक सिचाई उपभोक्ता संस्था लाल पछि हटेका छन् । प्रस्तावित काठमाडौं निजगढ द्रतमार्गसँग जोडिएको वन क्षेत्रको जग्गा अतिक्रमण भइरहँदा सरोकारवाला निकाय भने मौन देखिएको छ ।
लोप्चनले टेरेनन् वनलाईत्यो जमीनकोबारे कार्यालयमा लिखित उजुरी आएको र जमिन एकीन गर्न आफ्नों भएको दाबी गर्ने सुवन सिंह लोप्चनलाई वन कार्यालयले आधार प्रमाण भएका कागजात पेश गर्न पत्राचार गरे पनि थप आवश्यक कागजात पटक÷पटक ताकेता गर्दा पनि अहिलेसम्म उपलब्ध नगराएको रतनपुरी सव डिभिजन वन कार्यालयका प्रमुख रविकान्त श्रीवास्तव बताउँछन् ।
उजुरी परेको जमिन समेटिएको ट्रेस नक्शा, ब्लुप्रिन्ट नक्शा उपलब्ध गराउन लोप्चनलाई रतनपुरी सव डिभिजन वन कार्यालयले पुस २७ गते ५ दिनभित्र नक्शा ल्याउन पत्राचार गर्याे । उनले अपुरो कागजात उपलब्ध गराए । पुनः यही माघ १० गते ३ दिनको थप म्याद दिए । त्यो म्याद सकिएपनि अहिले सम्म कागजात उपलब्ध नगराएको रतनपुरी सव डिभिजन वनका कार्यालय प्रमुख श्रीवास्तव भन्छन् ।जमिन साविक हटिया गाविस हाल बकैया गाउँपालिका ६ को रहेको र त्यसको एकिन जमीन जाँचका लागि मकवानपुरबाट १५२९ र १५३० नं. किता भित्रको जमिन रहेको यसरी सुवन सिंह लोप्चनले दाबी गर्छन् ।
निजगढ नगरपालिका वडा नम्बर १० लाल पूर्व तर्फको जमीन माओवादी द्धन्दताकार अन्य समयमा वन क्षेत्र अतिक्रमण गरि बस्ती बसेको थियो । एक थरि स्थानीयहरुले लोप्चनले पर्खाल लगाएको जमीन गाउँलेले खोज्दा बस्ती बसेको जमीनको प्रमाण पनि खोज्ने भएकाले गाउँले सबै चुपचाप बस्नु पर्ने अवस्था रहेको स्थानीय बताउँछन् । केही स्थानीय टाठा÷बाठाले डर देखाएसँगै अहिले यस विषयमा त्यस बस्तीका अधिकांश गाउँलेहरु खुलेर विरोध गर्न छोडेका छन् ।
चुरेमा समेत भूमाफियाको नजरलोप्चनले जमिन कब्जा गर्दै ढुंगाको पर्खाल लगाए पनि लालबकैया कृषक सिचाई उपभोक्ता संस्था लालका अध्यक्ष माइला भने जग्गा भोगचलन नभएको बताउँछन् । हिराबहादुर मोक्तानले भोगचलनमा नआएको तर गाउँका केही ब्यक्तिलाई मिलाएर उनले यस जग्गालाई आफ्नो भन्न लगाएको बताए ।
उनीहरु कै आधारमा पनि यस जमीन सार्वजनिक हो, भन्ने प्रमाणित हुँने आधार देखिन्छ । त्यस माथि आफ्नों जमीन भएको दाबी गर्ने लोप्चन कै आधारमा पनि यस जमीनको प्रमाण नभएको प्रष्ट बुझ्न सकिन्छ । तर, एक थरि गाउँलेहरु भने , यो केही टाठाबाठाहरुको सोझा÷साझालाई झुक्याउँने प्रपञ्च रचेको भन्दै लोप्चनले ढुंगाको पर्खाल लगाई कब्जा गरेको सार्वजनिक जमीन फिर्ता ल्याउँनु पर्ने एक थरि सचेत स्थानीयहरु क्यामेरामा नबोल्ने भन्दै बताउँछन् । अतिक्रमित जमिन निजगढ हुँदै काठमाडौं जोड्ने दु्रतमार्ग देखि करिब ३ सय मिटर नजिकै पर छ । विश्व कै कान्छो चुरे पहाडको फेदमा रहेको र यहाँबाट दु्रतमार्ग नजिकै देखिने भएसँगै सार्वजनिक जमीन हड्प्दै कब्जा जमाउन ठूलै गिरोह सक्रिय रहेको देखिन्छ । दश महिना अघिलोप्चनले चुरे पहाडमा रहेको जग्गा, खेतबारी सम्याउँने नाउँमा दुई वटा एक्साभेटर प्रयोग गरी ढुंगा उत्खनन गर्दै बिक्रीका लागि ट्रिपर प्रयोग गरेका थिए ।
चुरे पहाड, वातावरण, छिमेकी जिल्ला बाराको निनपा १० लाललाई असर गर्ने गरी यसरी उत्खनन गर्दै ढुंगा बिक्री गरेपछि ब्यापक विरोध आएसँगै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले यसरी पत्राचार गर्दै उत्खनन रोक्न बारा निजगढ नगरपालिका १० लालस्थित सशस्त्र प्रहरी अस्थायी सुरक्षा वेश क्याम्पलाई सहयोग दिन आग्रह गरेका थिए । यसरी चुरे पहाडमा एक्साभेटर प्रयोग गरि महिनौं सम्म जग्गा सम्याउन पनि आई.ई.ई रिर्पोटको आवश्यक पर्ने भए पनि त्यस बेला बकैया गाउँपालिकाले ब्यवहारिक रुपमा जग्गा सम्याउन मात्रै अनुमति दिएका थिए । यसरी जथाभावी उत्खननले निजगढ नगरपालिका १० लाल गाउँ लगायतका क्षेत्रलाई जोखिम हुँने निजगढ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष पदम बहादुर मोक्तान भन्छन् । यता हेर्दा हेदै दुई तीन महिनामा चुरे पहाडको थुप्को नैं गायव बनाएको छ , भने एक दर्जन ठाडो रुख अहिले ढल्ने अवस्थामा छ । जसका कारण प्राकृतिक वातावरणमा असर पुग्ने देखिन्छ ।
https://www.youtube.com/watch?v=VX-S3h8PZfQ