हलिउडका शक्तिशाली व्यक्ति मुगल बलात्कार अभियाेगमा दाेषी

काठमाडाैं । हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार अभियोगमा दोषी ठहर भएका छन् ।
हलिउडबाट शुरु भएको मी टू अभियानकै कारण विगतमा गरेका अपराधहरु बाहिर आएर दोषी ठहर हुने वाइन्स्टिन चलचित्र क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।
६७ वर्षका वाइन्स्टिनलाई अमेरिकाको न्यूयोर्कमा रहेको अदालतले थर्ड–डिग्री रेप तथा फर्स्ट–डिग्री क्रिमिनल सेक्सुअल एक्टमा दोषी ठहर गरेको हो । तर उनी गम्भीर प्रकारको यौनजन्य अपराधको अभियोगबाट भने मुक्त भएका छन् । उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्ने छन्