बिजुलीकाे महशुल आधा सस्तो हुँदैछ : कुलमान घिसिङ (भिडियोसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्याउनेमा अनिच्छा प्रकट गर्नुभएको छ । जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य गरिरहनु त्यति राम्रो नहुने भन्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।

सरकार वा सबै क्षेत्रले चाहना गरेमा भने आफूले गरिरहेको कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तीन वर्षमा हरेक नेपालीको घरघरमा बिजुली पुर्याइने घिसिङले दाबी गर्नुभएको छ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे बेला तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले आफूलाई यो स्थानमा अवसर दिएको उहाँकाे भनाइ छ ।

घिसिङले आफ्नो कार्यकालका सबै सरकार र सम्बन्धित निकायले सहयोग गरेका आज देशमा लोडसेडिङ अन्त्य भएको बताउनुभएको छ । बिजुलीको महशुल आधा सस्तो बनाउने गरी प्राधिकरणले प्रस्ताव गरेको र छिट्टै घरायासी सँगै औधोगिक महशुल समायोजन हुने उहाँले बताउनुभयो ।

हेर्नुहोस् पूरा भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …