गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
१.नेपाल ट्रष्टद्धारा स्वेतपत्र जारी, ट्रष्टकोे नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक ।
२.देशभरीका १२ जिल्लामा करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १ सय ७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका जानकारी ।
३.ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको भनाई ।
४.ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ ।
५.नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७ सय ५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको उल्लेख ।
६.गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालिन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख ।
७.विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको आग्रह ।
८.प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदहरुद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा काटिएको केकदेखि नेताहरुको अनैतिक क्रियाकलापका विषयमा प्रहार ।
९.सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुनदिन्न भन्नेमा प्रधानमन्त्रीले संसदलाई आश्वस्त पार्नुपर्ने माग ।
१०.भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नगर्नेमा संसदलाई आश्वस्त गराए संसद अवरोध नगर्ने सांसद मिनेन्द्र रिजालको भनाइ ।
११.सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोर जी सेवा, अप्टिकल फाइबर, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना लगायतका ठेक्कामा बदमासी भएको सांसद गगन थापाको आरोप ।
१२.कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने राजपा सांसद सरिता गिरीको आरोप ।
१३.एक व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुखद भएको पनि सांसदहरुको तर्क ।
१४.कालापानी क्षेत्रमा भारतीय पक्षले सडक बाटो निर्माण गरिरहेको विषयमा नेकपा सांसद भीम रावलद्वारा सरकारको ध्यानाकर्षण ।
१५.सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमिमा भारती पक्षले सडक निर्माण गरिरहेको जानकारी ।
१६.भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाडो कदम चाल्नुपर्नेमा जोड ।
१७.नेकपाकै सांसद शेरबहादुर तामाङद्वारा राष्ट्रपतीय शासन प्रणाली अबलम्बन गर्नुपर्ने प्रस्ताव ।
१८.राज्यले धेरै ठूलो धनराशी खर्च गरेर पाल्नुपर्ने राज्य संरचनालाई घटाउनुपर्ने सांसद तामाङको तर्क ।
१९.महिला आयोगमा पदाधिकारी नियुक्ति ढिलाई हुँदा महिलाको क्षेत्रमा गर्नुपर्ने कार्यक्रमहरु प्रभावित भएको सांसदहरुको गुनासो ।
२०.आयोगमा पदाधिकारी नरहेको र जिल्ला विकास समितिमा रहेको महिला विकास कमिटीसमेत हटाउँदा समस्या भएको ठहर ।
२१.समितिले धेरैपटक पदाधिकारी गठनका लागि निर्देशन दिँदा समेत काम नभएको सांसदहरुको टिप्पणी ।
२२.सबै स्थानीय तहमा गठन गर्नुपर्ने प्रस्ताव उचित भएपनि राज्यले धान्छ वा धान्दैन भन्ने विषयमा छलफल हुनेपर्नेसांसदहरुको माग ।२३.प्रहरी जनताको साथी हुनुपर्ने गृहमन्त्री रामबहादुर थापाको जोड ।
२४.जनताको समस्या र पीर मर्कामा सहयोगीको भूमिका निर्वाह गर्दै प्रहरीको खस्कदो शाखलाई राम्रो बनाउन गृहमन्त्री थापाको निर्देशन ।
२५.एक पालिका एक इलाका प्रहरी कार्यालयको अवधारणा सरकारले अघि सारेको जानकारी ।
२६.समृद्धिको लागि सुरक्षित समाजको पनि उत्तिकै आवश्यकता रहेकोमा जोड ।
२७.चितवनको माडीका स्थानीयको मागहरुलाई लिएर वडाअध्यक्ष कृष्ण पौडेलको आमरण अनशनमा कांग्रेसको समर्थन ।
२८.पौडेलेको आन्दोलनलाई समर्थन गर्दै कांग्रेसद्वारा भरतपुरको चौबिसकोठीमा प्रदर्शन र चक्काजाम ।
२९.अनशनरत पौडेलको माग सम्बेधन नभए अनिश्चितकालिन जिल्ला बन्द गर्ने चितवन कांग्रेसको चेतावनी ।
३०.अनशनको ७ औँ दिन स्वास्थ्यमा समस्या देखिएपछि पौडेलको भरतपुर अस्पतालको आईसीयूमा उपचार हुँदै ।
३१.नेपाल अपांग संघ, खगेन्द्र नवजीवन समितिका सदस्यहरुद्वारा कार्यकारी प्रमुखको कार्यालयमा तालाबन्दी ।
३२.समितिका कार्यकारी प्रमुख राघव दवाडीले आर्थिक भ्रष्टाचार गरेको सदस्यहरुको ठहर ।
३३.खगेन्द्र नवजीवन विशेष विद्यालयले अपांगता भन्दा पनि सपाङ्ग र पहुँचको आधारमा भर्ना गरेको संघर्ष समितिको आरोप ।
३४.दवाडीले संस्थाको स्वामित्वमा रहेका जग्गा र भवनहरु आफुखुशी भाडामा दिएको र आर्थिक भ्रष्टचार ढाकछोप गर्न अवैध निवार्चन टिप्पणी ।
३५.भूकम्पपछि प्रवेश बन्द गरिएको दक्षिण एसियाकै पहिलो मानव निर्मित चुरिया सुरुङ बैशाखमा सर्वसाधारणका लागि खुलाउने बागमती प्रदेश सरकारको तयारी ।
३६.बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलद्वारा सुरुङको निरीक्षण ।
३७.नेपाली सुरुङ युगको ऐतिहासिक इतिहास बोकेको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी जीर्ण बनेको सुरुङको मर्मत गरिने मन्त्री फुयाँलको प्रतिबद्धता ।
३८.सवारीको चाप वर्षेनी बढ्दै जाँदा काठमाडौंमा अस्तव्यस्त सवारी पार्किङले आवागमन प्रभावित ।
३९.दोहोरो सवारी राखिँदा यातायात आवागनमा ठूलै समस्या परिरहेको स्थानीय तथा यात्रुहरुको भनाइ ।
४०.उपत्यकाका भित्री सडक अझै अस्तव्यस्त, भित्री सडकमा देखिने समस्याले मुख्य सडकमार्गमा सवारी जाम उत्तिकै बढ्दो ।
४१.न्यूरोड, दरबारमार्ग, विशाालबजार भोटाहिटी, खिचापोखरी, पाको, भूगोलपार्कमा अन द रोड अल्पकालीन पार्किङको अनुमति दिएपछि सवारी जामका साथै सडकका पेटीसमेत पार्किङ स्थलमा परिणत ।
४२.महानगरपालिकाले पार्किङस्थल तोके पनि मनपरी ढंगले पार्किङ गर्ने प्रवृति बढ्दै गएको महानगरीय ट्राफिक प्रहरीको भनाइ ।
४३.पार्किङको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयलाई पत्रमार्फत जानकारी गराइसकिएको ट्राफिकको दाबी ।
४४.सोमबार ८० हजार ३ सय रुपैयाँमा रेकर्ड बनाएको सुन मंगलबार तोलामा ३ सय रुपैयाँले घट्यो ।
४५.मंगलबार छापावाला सुन प्रतितोला ८० हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार ।
४६.चाँदी प्रतितोला नौ सय पच्चिस रुपैयाँमा कारोबार भएको महासंघद्धारा जानकारी ।
४७.सोमबार ओरालो लागेको नेप्से मंगलबार फेरी उकालो लाग्यो ।
४८.मंगलबार बजार परिसूचक नेप्से ४३ दशमलव शुन्य दुई अंकले बढेर १५ सय ४५ दशमलव एक नौ अंकमा ।
४९.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव पाँच सात अंकले उकालो ।
५०.१ सय ८० कम्पनीका ७० लाख ५९ हजार ७ सय १२ कित्ता शेयर २६ पटक खरिदविक्री हुँदा २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार ।
५१.नेपालका लागि निसान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पद्वारा चाडपर्वको उपलक्ष्यमा ल्याएको फेस्टिभ योजनाका विजेता ग्राहकको घोषणा ।
५२.तीन सय ६१ ग्राहक मध्येबाट तीस जनालाई भाग्यशाली विजेता घोषणा गरिएको कम्पनीद्वारा जानकारी ।
५३.पायोनियर मोटो कर्पले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको ड्याट्सन हट डिल योजनाका ग्राहकलाई पुरस्कार घोषणा ।
५४.पटकपटक आएको बेमौसमी वर्षाका कारण कपिलवस्तुलगायत देशभरका इँटा व्यवसायीका करोडौ मूल्य बराबरका काँचो इँटा नोक्सानी ।
५५.तयारी अवस्थामा राखेका करिव २० करोड बराबरका इँटा नोक्सानी भएको कपिलवस्तुका इँटा व्यवसायीको दाबी ।
५६.अधिकांश भट्टामा पकाउन तयारी अवस्थामा राखिएको काँचो इँटा पटक–पटकको वर्षाले नोक्सानी भएको व्यवसायीहरुको भनाइ ।
५७.बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित पिप्रहवामा लगाइएको हिउँदे खेतीमा फौजी किराको प्रकोप ।
५८.गतबर्ष धान खेतिमा फौजी किराको प्रकोपका कारण मारमा परेका किसानहरु हिउँदे बालीमा समेत समस्या देखिएपछि किसानहरु थप चिन्तित ।
५९.विं.स २०७६ साल बैशाखमा गैडाकोटबाट देखा परेको थियो फौजी किराको प्रकोप ।
६०.नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तिर्ण गरेका २६ औं ब्याचका ६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दिक्षित ।
६१.२१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न दिक्षित विद्यार्थीहरु सफल हुने त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको भनाई ।
६२.विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति सामना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सँधै अगाडि रहेको बास्कोटाको तर्क ।
६३.दीक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा जानकारी ।
६४.ललितपुरका केही क्षेत्रमा पाँच दिनसम्म विद्युत सेवा अवरुद्ध हुने ।
६५.ललितपुरको पुल्चोक वितरण केन्द्रको पाटन–फर्पिङ फिडरबाट वितरित ११ केभी लाइन स्तरोन्नती गर्ने भएपछि विद्युत सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत् प्राधिकरणद्वारा जानकारी ।
६६.फागुन १३ ,१५ ,१७, १९ र २० गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म ती क्षेत्रमा बिद्युत सेवा अवरुद्ध हुने प्राधिकरणको भनाइ ।
६७.चितवनको भरतपुर प्रदर्शनी केन्द्रमा आगामी फागुन १६ गतेदेखि नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने ।
६८.नेपाल पोल्ट्री महासङ्घको आयोजनामा हुने प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने लगायतका उद्देश्य ।
६९.करिब २०० व्यापारिक कक्ष रहने प्रदर्शनीमा पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतको प्रत्यक्ष संलग्नता रहने ।
७०.नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत पोल्ट्री कम्पनीले सहभागिता जनाउने ।
७१.पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६ शिवालयचोकबाट ६ जना जुवाडे पक्राउ ।
७२.स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा ६ जुवाडेलाई ७६ हजार ९ सय ६५ रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीद्वारा जानकारी ।
७३.हिरासतमा रहेका अभियुक्त सदाम हुसेनलाई प्रहरीलाई पैसा दिई थुना मुक्त गराई दिने भन्दै ठगि गर्ने पर्सा छप्कैयाका महम्द सम्साद अली पक्राउ ।
७४.पर्साबाट श्रोत नखुलेको नगद नौ लाख एकहत्तर हजार सहित संजय कुमार साह र नगद दशलाख सहित जयलाल महतो पक्राउ ।
७५.भारत रक्सौलका विजय कुमार ठाकुरको साथबाट श्रोत नखुलेको नगद चार लाख र पर्साका राजु कुमार कलवारको साथबाट श्रोत नखुलेको नगद तिन लाख सहित पक्राउ ।
७६.दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसारमा संलग्न भएको आरोपमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ पक्राउ ।
७७.बाँके, नेपालगंज उपमहानगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगर सहित दाङका किरण सिंह ठकुरी पक्राउ ।
७८.लागूऔषध मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी ३ थानकोटका श्रीराम श्रेष्ठ पक्राउ ।
७९.जिल्ला अदालत काठमाडौंले २०४३ साउन १३ गते श्रेष्ठलाइ लागूऔषध मुद्दामा ३ वर्ष कैद र १ हजार रुपैयाँ जरिवाना सुनायको थियो फैसला ।
८०.पर्बतको कुश्मा ६ शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना नगद ७६ हजार ९ सय ६५ रुपैयाँ सहित पक्राउ ।
८१.पक्राउ पर्नेमा कुश्माका पवन गुरुङ, सुन कुमारी गुरुङ, गोबिन्द अधिकारी, कुशा गुरुङ, धर्मराज गुरुङ र शान्ति गुरुङ ।
८२.काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु ।
८३.काठमाडौं ढुंगेअड्डामा ना.६ ख २८७१ नम्बरको ट्रकको ब्रेक फेल भई बा.८४ प १८१० नम्बरको स्कुटर सहित १२ वटा सवारी साधनलाई ठक्कर दिँदा स्कुटर चालक चितवनका शम्सेर गुरुङको मृत्यु ।
८४.दुर्घटनामा घाइते भएका ९ जनामध्ये ७ जनाको शहिद मेमोरियल अस्पताल कलंकी, १ जनाको नेपाल नेशनल अस्पताल र १ जनाको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुदै ।
८५.काठमाडौं, टोखा गणेशस्थान नजिक ना.१६ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका हित बहादुर तामाङको मृत्यु ।
८६.अर्घाखाँचीमा लु.४ त ४५३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दिनेश बिश्वकर्माको मृत्यु ।
८७.अर्घाखाँचीमा लु.५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चोपलाल घर्तीको मृत्यु ।
८८.रुपन्देहीमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु ।
८९.दाङमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नारायण प्रसाद पाण्डेको मृत्यु ।
९०.ललितपुर कुपण्डोल डेरा गरी बस्ने बाँके गंगालाल चालिसेको कोठाबाट करिब ४ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
९१.इजिप्टका पूर्ब राष्ट्रपति होस्नी मुबारकको ९१ बष्र्मको उमेरमा निधन ।
९२.म्याराथनका विजेतालाई १ लाख ५१ हजार १११, द्धितियलाई १ लाख ११ हजार १ सय ११ र तृतिय लाई ५१ हजार १११ रुपैयाँ प्रदान ।
९३.महिला म्याराथनको उपाधि भने जुम्लाकी सुनमाया बुढाले जितिन् ।
९५.बुढाद्वारा निर्धारित ४५ किलोमिटरको दुरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार ।
९६.ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले युरोपको दुई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज खेल्ने ।
९७.नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल र जर्मनीको जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्न तय ।
९८.विश्व ब्याडमिन्टन महासंघको जुनियर वरियतामा ११ औं स्थानमा रहेका प्रिन्सले सुरुवातमा खेल्नेछन् नेदरल्यान्ड्सको सिरिज ।
९९.राष्ट्रिय टिमका सदस्य पुजा राना र पूर्व सदस्य रेखा पौडेलसहित ६ महिला खेलाडी नेपाल पुलिस क्लबमा आबद्ध ।
१००.सबै खेलाडी नेपाल प्रहरीको जागिरे भएसँगै पुलिस क्लबमा अनुबन्धित ।