मन्त्रीका सल्लाहकार नै बलात्कार आरोपमा पक्राउ

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

राज्यमन्त्रीका सल्लाहकार घलेमाथि सिन्धुली घर राजधानी काठमाडौं बस्दै आएकी किशोरीलाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकल बस्न लगाए ।

बनेपाबाट काठमाडौंसम्म पुग्ने क्रममा घलेले किशोरीलाई मा आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको मात्रै बताएनन् । किशोरीलाई प्रलोभनमा पार्न उनले आफू अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्य अमेरिकामै रहेको सुनाए । उनले किशोरीलाई अमेरिका पठाइदिने आश्वासन दिए । यस्तै आश्वास दिएर उनले युवतीलाई घलेले टोखास्थित फल्याटमा ३ दिनसम्म बन्धक बनाई भियाग्रा खाएर बलात्कार गरेको खुलासा भएको छ ।

युवतीले घटनाबारे फागुन १ अभिभावकलाई भनेपछि प्रहरीमा जाहेरी परेको त्यसपछि घलेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । डिएसपी बोगटीका अनुसार पक्राउ परेका घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…