बिहीबारका सय समाचार

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

१.सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बाटो खुल्योे ।

२.प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्ने निर्णय गरेपछि खुलेको हो उपाध्यक्ष गौतमलाई बाटो ।

३.गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदले सिफारिस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठद्धारा जानकारी ।

४.शनिबारको सचिवालय बैठकद्धारा संविधान संशोधनका लागि प्रस्ताव गरेको कार्यदल गठनलाई तत्काल अगाडि नबढाउने निर्णण ।

५.एक व्यक्तिका लागि संविधान संशोधन गर्नु गलत भएको भन्दै पार्टी भित्र र बाहिरबाट भएको थियो विरोध ।

६.नेपाली कांग्रेसका सांसदहरुद्धारा सेक्युरिटी प्रिन्टिङबारे पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियोको सत्यतथ्य सदनलाई जानकारी गराउन माग ।

७.प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुद्धारा पूर्व सञ्चारमन्त्री बाँस्कोटा अडियो प्रकरणका विषयमा सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण ।

८.सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको विषयमा सरकार जवाफदेही नभएको प्रतिपक्षीको आरोप ।

९.सांसदहरुले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने प्रधानमन्त्रीले सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माणमा अर्बाै भ्रष्टाचारको कुरामा किन चुप लागेको भन्दै गरे प्रश्न ।

१०.प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन ।

११.उपसभामुख चयन प्रक्रिया छिट्टै अगाडि बढाउन सांसदहरुको माग ।

१२.उसभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको सत्तारुढ नेकपाका नेताहरुको तर्क ।

१३.नेकपाले सभामुख पाएकाले उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बनाइने नेताहरुको भनाइ ।

१४.सभामुख चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको टिप्पणी ।

१५.भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको भनाई ।

१६.रक्षामन्त्रीका रुपमा दुई वर्षे कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक ।

१७.नेपाली सेनामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार तथा अनियमितता सरकारलाई स्वीकार्य नहुर्ने मन्त्री पोखरेलको तर्क ।

१८.विश्वको १ सय ४० देश सदस्य रहेको सिआइएमा नेपालको सहभागिता नेपालको उपलब्धि भएको प्रगति विवरण ।

१९.सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई ।

२०.प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न
डा. भट्टराईको माग ।

२१.गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए भन्ने डा. भट्टराईको प्रश्न ।

२२.मातातिर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप ।

२३.मातातिर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेकोे दाबी ।

२४.नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा सात वटै प्रदेशमा एक÷एक वटा प्रज्ञा प्रतिष्ठानका विधागत अनुसन्धान केन्द्र खोल्ने तयारी ।

२५.अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउनको लागि विज्ञ समिति मार्फत आवश्यक गृह कार्य शुरु गरियो ।

२६.प्रर्याप्त बजेट र जनशक्तिको अभाव झेल्दै आएको प्रतिष्ठानले सीमित श्रोत र साधनका बाबजुद काम गरिरहेको भनाई ।

२७.प्रतिष्ठानबारे जानकारी लिन र अनुसन्धानकर्ताहरुले गरेको काम बारे जानकारी अब मोबाइल एप बाटै प्राप्त गर्न स्मार्ट नास्ट नामक एप प्रयोगमा ल्याइने ।

२८.महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलद्धारा शिलान्यास ।

२९.ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको भनाई ।

३०.ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने स्पस्ट ।

३१.ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझै बढी परिवर्तनको आवश्यकता रहेको धारणा ।

३२.२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा राहत वितरण गर्न पर्सामा पठाइएको जस्तापातामा लाग्यो खिया ।

३३.नेपाल सरकारले पठाएको जस्तापाता खिया लाग्दा समेत सम्बन्धित निकायले चासो दिएन ।

३४.साल्ट ट्रेड्रिङ कार्पोरेशन अञ्चल कार्यालय वीरगञ्जका अनुसार ५० हजार बन्डलमा ३ लाख ८० हजार जस्तापाता अलपत्र ।

३५.जस्तापातामा खिया लागिसक्दा समेत संघ, प्रदेश र स्थानीय तहले चासो नदेखाउँदा नेपालमा बढ्दै गएको भ्रष्टाचार नमूनाको उदाहरणका रुपमा जनताले गरे चित्रण ।

३६.करोडौ रुपैयाँ बराबरको जस्तापातालाई व्यवस्थापन गरी आएको रकम विकासका काममा लगाइनुपर्ने सरोकारवालाको भनाइ ।

३७.नेत्रविक्रम चन्द विप्लव नेतृत्वको निकट विद्यार्थी संगठनले गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित ।

३८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन क्रान्तिकारीले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल गरेको हो आह्वान ।

३९.अति विपन्न दलित समुदायलाई पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ अन्तर्गत सप्तरीमा यस वर्ष ६ सय ६६ पक्की आवास निर्माण हुने ।

४०.सप्तरीका मरिक (डोम) तथा मेहतर समुदायका लागि पहिलो चरणमा २ सय ७१ वटा पक्की आवास निर्माण प्रक्रिया शुरु ।

४१.चालु आर्थिक वर्षमा सप्तरी भर कुल ६ सय ६६ वटा पक्की आवास निर्माण गर्ने तयारी ।

४२.२ सय ७१ वटा आवास निर्माण थालिएको तथा ऐलानी र अन्य जग्गामा बसोवास गरेकाहरुको आवास निर्माण गर्न स्थानीय तहले हालसम्म सिफारिस नपठाउँदा काम भने शुरु हुन सकेन ।

४३.दुर्लभ एक सिंगे गैंडाको गणना चैत १ गतेदेखि शुरु हुने ।

४४.चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु हुने गैँडाको फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्ने ।

४५.चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा र दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने ।

४६.चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिदै ।

४७.इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र इलामको सन्दकपुर क्षेत्रमा हिउँ परेपछि जनजीवन प्रभावित ।

४८.हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ भने चिसोका कारण स्थानीयलाई दैनिक गर्दै आएका काम गर्न असहज भएको स्थानीयको भनाई ।

४९.चिसोका कारण केटाकेटी, वृद्धवृद्धा र सुत्केरी समस्यामा ।

५०.चिसोका कारण घरबाट बाहिर निस्कनका लागि समस्या भएकाले गाईवस्तुलाई घाँसपातमा पनि समस्या ।

५१.सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक त्यस क्षेत्रमा जान थाले ।

५२.नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल शुरु ।

५३.सप्तरीका स्थानीय तह तथा सरकारी कार्यालयहरुमा बजेट दुरुपयोग हुने गरेको गुनासो भइरहँदा अख्तियारमा समेत ३ सय ७८ उजुरी ।

५४.अख्तियारको कार्यालय इटहरीका अनुसार गत आर्थिक वर्ष ३ सय ७८ उजुरी परेकोमध्ये १ सय ९६ वटा उजुरी अझै फछ्र्यौट गर्न बाँकी ।

५५.नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालद्धारा महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा ।

५६.अनौपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएका ढकालद्वारा एक कार्यक्रमका बीच उम्मेदवारी घोषणा ।

५७.राष्ट्रिय वाणिज्य बैंकद्धारा काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग ।

५८.बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टिकृत अस्पताल सञ्चालनका लागि सहयोग गरेको बैंकको भनाई ।

५९.समाजप्रतिको उत्तरदायित्वमा पनि समाजमै प्रथम बन्ने बैंकको दाबी ।

६०.निर्माण पूरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने ।

६१.सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनियरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने ।

६२.चाइना इञ्जिनियरङ ओभरसिज प्रालि कोभेकले टनेल बोरिङ मेसिन (टिबिएम) को सहायताले १२ किलोमिटर २ सय १० मिटरको खनेको थियो सुरुङ ।

६३.सिँचाइ विभाग र कोभेकबिच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकको चौतर्फी प्रशंसा ।

६४.आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो ।

६५.बजारमा छापावाला सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा किनबेच ।

६६.चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला नौ सय पाँच रुपैयाँमा कारोबार ।

६७.बुधबार फेरी शेयर बजार परिसूचक नेप्सेमा रेकर्ड कायम ।

६८.नेप्से करिब ५१ अंकले बढेर बजारमा सवा चार अर्ब रुपैयाँको कारोबार ।

६९.बुधबार क वर्गका परिसूचकको मापन गर्ने सेन्सेटिभ इन्डेक्स साँढे नौ अंकले बढयो ।

७०.सबै समूहको परिसूचक उच्च अंकले बढेको बजारमा जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ५ सय ७१ अंकमा ।

७१.सहयोगी विकास बैंकले प्रस्ताव गरेको लाभांश दरमा परिमार्जन ।

७२.राष्ट्र बैंकले संशोधन गर्न भनेपछि बैंकले १८ दशमलव सात दुई प्रतिशत मात्रै वितरण गर्ने ।

७३.यसअघि बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १९ दशमलव तीन प्रतिशत लाभांश दिने गरेको थियो घोषणा ।

७४.प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिने ।

७५.तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटना ।

७६.वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किदा दुर्घटना भएको तनहुँका प्रहरीको भनाई ।

७७.दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते ।

७८.प्रारम्भिक अनुसन्धानको क्रममा चालक निदाएका कारण सडक नजिकै रहेको पन्तको घरमा ट्रक ठोक्किन पुगेको हुन सक्ने प्रहरीको अनुमान ।

७९.महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीद्धारा बाघको छालासहित २ जनालाई पक्राउ ।

८०.लगनखेलस्थित बसपार्कबाट बाघको छाला ३ थान सहित ओखलढुङ्गा घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी पक्राउ ।

८१.विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीको भनाई ।

८२.रुपन्देहीमा अलग अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ ।

८३.जिल्लाको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ ।

८४.उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ ।

८५.बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अवस्थामा यादव अख्तियारको नियन्त्रणमा ।

८६.भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालनको माग ।

८७.उत्तरपूर्वी दिल्लीमा भइरहेको हिंसाबारे टिप्पणी गर्दै मुख्यमन्त्री केजरीवालले तत्काल सेना परिचालन गर्न गरेका हुन माग ।

८८.स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीबाट शान्ति सुव्यवस्था सम्भव नभएको जनाउँदै गृह मन्त्रालयलाई सेना परिचालनका लागि आग्रह ।

८९.हिंसात्मक घटनामा २२ जनाको मृत्यु भइसकेको छ भने उत्तरपूर्वी दिल्लीमा दुई सय ५० जनाभन्दा बढी भएका छन् घाइते ।

९०.दिल्लीमा प्रदर्शनकारीहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरु सार्वजनिक ।

९१.सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार पहिलो पटक भएको थियो भिडन्त ।

९२.चीनमा कोभिड नाइन्टिनका कारण पछिल्लो हप्ता ५२ जनाको मृत्यु, यो संख्या सहित चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय १५ जना पुग्यो ।

९३.बुधबार ४ सय १ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि राष्ट्रिय स्वास्थ्य आयोगद्धारा जानकारी ।

९४.दक्षिण कोरियामा पनि कोरोनाबाट हालसम्म ११ जनाको मृत्यु, एक हजार १ सय ४६ संक्रमित भएको तथ्यांक ।

९५.नोवेल कोरोना भाइरसको संक्रमण युरोपमा तीब्र गतिमा फैलँदै ।

९६.इटलीमा अहिलेसम्म ११ जनाको मृत्यु, तीन सय बढीमा संक्रमण भएको पुष्टि ।

९७.अखिल नेपाल फुटबल संघ एन्फाद्धारा राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाललाई मनाङ मस्याङ्दी क्लबबाट खेल्न रोक ।

९८.अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्धसगै ५० जहार रुपैयाँ जरिमाना ।

९९.शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको एन्फाको आरोप ।

१००.लिग अन्तर्गत ५९औ खेलमा हिमालयन शेर्पा्विरुद्धको खेलमा नियम विपरीत कार्य गरेकोले अनुशासन समितिको बैठकद्धारा प्रतिबन्धको निर्णय ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…