सपना विश्वकपको, नियती हलचोकमा ओहोरदोहोर (भिडियाेसहित)

विश्वकप खेल्ने सपना बोकेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कहाँ चुक्यो ?

अफरोज अर्पण
काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी प्रशिक्षणमा सरिक थिए ।

करिब १३ वर्षअघि सन् २००७ मा मलेसियामा आयोजना भएको पहिलो महिला एसिसी ट्रफ्रीमा थाइल्याण्डविरुद्ध खेल्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले ५५ रनको ऐतिहासिक जित हात पार्न सफल रह्यो । त्यही समय थाइल्याण्डले समेत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै थियो । नेपालसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको थाइल्याण्ड विश्वकप खेलिरहेको छ । थाइल्याण्डले शनिबार वेष्ट इण्डिजविरुद्ध खेल्दै अष्ट्रेलियामा जारी सातौं संस्करणको आइसिसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गर्यो । बुधबार अष्ट्रेलियाको क्यानबेरास्थित मानुका ओभल मैदानमा इंग्ल्याण्ड र थाइल्याण्डको महिला क्रिकेट टिमले वल्र्डकपका लागि प्रतिस्पर्धा गरेका छन् । तर नेपाली राष्ट्रिय महिला टिम जहाँको त्यहीँ छ ।

नेपालमा महिलाका लागि हुनु पर्ने अभ्यास र घरेलु प्रतियोगिता ठप्प जस्तै छ । न स्तरीय प्रतिस्पर्धा, न त खेलाडी उत्पादनमा जोड । प्रधानमन्त्री कपका नाममा एउटा प्रतियोगिता बाहेक महिला क्रिकेट उन्नयनका लागि खासै गतिलो योजना, खेल र कार्यक्रम नै छैन । त्यसबाहेक महिलाको फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेट गत वर्षबाट शुरु भएको छ । यी एक दुई प्रतियोगिताबाहेक महिला खेलाडी अभ्यस्त हुने कुनै प्रतियोगिता छैनन् । एपिएफमा आवद्ध खेलाडी हरेक दिन बिहान करिब ३ घण्टा प्रशिक्षण गर्छन् तर कुनै घरेलु प्रतियोगिता नहुँदा उनीहरु भविष्यमा कालो बादल मडारिएको पो हो कि भन्ने आशंका पनि गर्छन् । खेलजीवनमा अन्यौल देख्छन् । सन् २००७ देखि राष्ट्रिय महिला क्रिकेटकी सदस्यसमेत रहेकी सीता राणा मगर खेलाडीको भविष्य अन्यौलमा पर्दै गएको आभाष भएको बताउँछिन् ।

ग्रासरुट क्रिकेट बलियो बनाउन विद्यालयस्तरीय, क्षेत्रीय, प्रदेशस्तरीय प्रतियोगिता आयोजना भइरहनु पर्छ । सँगै क्रिकेट यात्रा शुरु गरेको थाइल्याण्ड विश्वकपमा पुग्नुको मुख्य कारण स्तरीय प्रशिक्षण, घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय एक्सपोजर हो । तर नेपालमा त्यस्तो हुन नसकिरहेकाले क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) र राज्यको ध्यान जानु पर्ने खेलाडी करुणा पाण्डेको भनाइ छ ।

नेपाली टिमलाई समेत नयाँ खेलाडीले विस्थापित गर्न सकेका छैनन् । राष्ट्रिय टिममा पहिलो पुस्ताकै खेलाडीको बाहुल्यता छ । महिला क्रिकेटको अवस्था देखेर नै होला, नयाँ खेलाडी आउन नचाहेको केही खेलाडीको बुझाइ छ । राष्ट्रिय टिमका खेलाडीलाई कन्ट्रयाक्टमा राख्दै नयाँ खेलाडी उत्पादनमा क्यानले जोड दिन आवश्यक देखिन्छ । विभिन्न घरेलु प्रतियोगिता र लिग खेलेर खेलाडी बाँच्न सकेभने मात्रै महिला क्रिकेटमा नयाँ पुस्ताको आगमन हुन सक्ने नेपाली महिला क्रिकेट टिमकी भरपर्दा खेलाडी इन्दु वर्माको भनाइ छ ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता नभइरहेको अवस्थामा खेलाडीले आफ्नो फिटनेसमा ध्यान दिन आवश्यक हुन्छ । एपिएफमा आवद्ध खेलाडीले त प्रशिक्षण, खेल सामग्री र फिटनेस सामग्री पाइरहेका छन् तर धेरै प्रतिभावान खेलाडीले यो अवसर नपाउँदा खेलप्रति आकर्षणसमेत घटिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक १८ महिला खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याएर नियमित तलब दिने तयारी गरेको छ । त्यसका लागि क्यानलगायत सरोकारवाला निकायले राष्ट्रिय टिमबाट खेल्ने सबै खेलाडीलाई पुरुषसरह तलब र भत्ता व्यवस्थासँगै नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न विभिन्न कार्यक्रम ल्याउनु पर्ने खेलाडीको माग छ ।

महिला क्रिकेट खेलाडीलाई समेट्ने एपिएफ एक मात्र विभागीय टोली हो । उसले एपिएफमै स्थायी जागिरे रहेका र प्रतिभावान खेलाडीलाई करारमा राखेर नेपाली क्रिकेटलाई उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । अहिले स्थायी प्रशिक्षक नरहेका बेला खेलाडीलाई प्रशिक्षण गर्ने भूमिकामा राजेश श्रेष्ठ छन् । श्रेष्ठ, एपिएफमा रहेका खेलाडीलाई विभिन्न सहयोग गरे पनि समग्र क्रिकेट खेल र खेलाडीका लागि क्यानले जिम्मेवारी बहन गर्नु पर्छ ।

घरेलु होस् वा राष्ट्रियस्तरका क्रिकेटर सबैको एउटै सपना हुन्छ, राष्ट्रिय जर्सी लगाएर वल्र्डकपमा देशको प्रतिनिधित्व गर्नु । एपिएफका खेलाडी प्रशिक्षण गरिरहँदा उनीहरुमा एकै समयबाट क्रिकेट खेल्दै आएको थाइल्याण्डको विश्वकप खेल हेर्न जाने हतारो थियो । आशा गरौँ, अब यी राष्ट्रका भविष्यहरु वल्र्डकपमा खेल्न आतुर हुदै पवेलियमबाट मैदान छिरुन् । आफ्नो खेल जीवनमा एकपटक नेपालबाट विश्वकप खेल्ने सपनासमेत पूरा गरुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…