लागुऔषध कारोबारीसँग एक अर्बको सम्पत्ति

काठमाडौं । लागुऔषध कारोबार आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरस्ँग एक अर्बको सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति सुद्धिकरण अनुसन्धानको विभागको निष्कर्ष छ ।

उनिसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्धा दायरको तयारी गरेको छ । देवेन्द्र तीनपटक जेल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख २०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम रोखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानको बैंकमा खाता रहेको त्यतीबेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

देवेन्द्रको सीतापाइलामा डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटएको स्राेत बताउँछ । कतिपय जग्गा उनले बकसमार्फत लिएको अनुसन्धानमा देखिन्छ । बयानका क्रममा उनको आफ्नो सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । सरकारी वकिल कार्यालयबाट निर्णय भएपछि उनको सम्पत्ति जफतको माग गरी मुद्धा दायर हुने विभागका एक अधिकारीले बताएकाे नयाँ पत्रिकामा समाचार  छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…