लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक/फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । सबैजसो पत्रिकाहरुले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा  मनोनयन गर्नेबारे सत्तारुढ नेकपाभित्र देखिएको  विवादलाई  समेटेर समाचार बनाएका छन् ।

बुधबार जनता समाचार डट कम मा ‘सबै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन गरौँ’, ‘बाँस्कोटा प्रकरणले मतदाता स्तब्ध छन्’ (भिडियोसहित), जापानमा कोरोना, सचेत रहन नेपाली दूतावासको आग्रह (सूचनासहित), मन्त्रीका सल्लाहकार नै बलात्कार आरोपमा पक्राउ, चितुवाको छालासहित २ जना पक्राउ, पानी परिरहेकै बेला पुल्चोकमा आगलागी, शेयरमा नयाँ रेकर्ड र सपना विश्वकपको र नियती हलचोकमा ओहोरदोहोर (भिडियोसहित) लगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिक ले सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको विषयलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायको नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिनुभएको हो ।

नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ तयार पारेको हो । नयाँ नक्सा तयार गरिएको सन्दर्भमा मन्त्री अर्यालले भन्नुभएको छ, ‘हाम्रो भूमि छोड्दैनौं त्यसैले मिचिएका सबै भूमिलाई समेटेर नयाँ नक्सा पारिसकेका छौं, यो छिट्टै सार्वजनिक गर्नेछौं ।’

नागरिक दैनिक मा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा नेकपामा चर्किएको विषयलाई प्रमुख समाचार बनाइउको छ । समाचारमा लेखिए अनुसार नेकपाको बुधबार बसेको सचिवालयको बैठकमा गौतमलाई सर्वसम्मत राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र ईश्वर पोखरेललाई बालुवाटार बोलाएर पार्टीको निर्णय कार्यान्वयन गर्न नसकिने संकेत गर्नुभएको छ । प्रधानमन्त्रीले नेताद्वयलाई हाललाई राष्ट्रियसभामा अर्थमनत्री युवराज खतिवडालाई नै दोर्याउने र गौतमलाई समय आएपछि मिलाउने बताउनुभएको समाचारमा उल्लेख छ ।

पत्रिकाले सुन तस्करीमा प्रहरीको भागबन्डा, १६ प्रहरी निलम्बित शीर्षकको अर्को समाचारलाई पनि प्रथम पृष्ठमै छापेको छ । समाचारमा उल्लेख भएअनुसार तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी रसुवाकाे टिमुरेका इन्चार्ज इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको हो ।

अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न प्रहरीलाई पत्राचार गरेको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…