भुतपूर्व विद्यार्थीद्धारा विद्यार्थीलाई फिल्टर वितरण

राजन पौडेल
पर्वत । एक विद्यालयमा विद्यार्थीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको छ । जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते आम्वोट आधारभुत विद्यालयमा दुई जना भुतपूर्व विद्यार्थीको सहयोगबाट ८ वटा कक्षा कोठालाई एक–एकका दरले फिल्टर वितरण गरिएको हो ।

काठमाडौं फलेवास समाजका अध्यक्ष दिपक तिवारी र माटेदेवल मावि मुडिकुवाका मावि शिक्षक उपेन्द्र तिवारीले उक्त फिल्टर सहयोग गर्नुभएको हो । ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीले स्वच्छ पिउने पानी पाउन र उनिहरुको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्देश्यले फिल्टर सहयोग गरिएको सहयोगदाता उपेन्द्र तिवारीले बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै निकायको सहयोग आवश्यक रहने बताउनुभयो । निजि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला गहते आम्वोट विद्यालय प्रतिस्पर्धात्मक हिसावले अघि बढेको उहाँले जानकारी गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक मोती चुवाईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…