दिवंगत अधिकारीको प्रथम स्मृति दिवस मनाइँदै

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परि दिवंगत हुनुभएको आज एक वर्ष पुगेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका -१० सिस्नेभिरमा एयर डाइनेस्टीको हेलिकोप्टर अघिल्लो वर्ष आजकै दिन दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियाे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको थियो ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (बिहीबार) आज स्वर्गीय रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु सम्झनामा पहिलो स्मृतिसभा आयोजना गरेको छ ।

त्यसैगरी रविन्द्र अधिकारी समृति प्रतिष्ठानले पनि दिवंगत मन्त्रीको सम्झनामा पोखरा सभागृहमा प्रथम स्मृति दिवस मनाउँदै छ । स्मृति दिवस समारोहमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम  छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…