गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
१.सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाद्वारा मन्त्रिपरिषदका पछिल्ला दुई बैठकका निर्णय सार्वजनिक ।
२.समग्र मुलुकको एकीकृत वित्तीय विवरणले विकास खर्च राम्रो भएको देखाएको मन्त्री खतिवडाको दाबी ।
३.आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने पनि मन्त्री खतिवडाको भनाइ ।
४.पुस्तक बिक्रीमा लगाइएको करका सम्बन्धमा राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाइएको स्पष्टोक्ति ।
५.पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनसम्बन्धी अडियो प्रकरणमा छानविन भइरहेको भनाइ ।
६.फागुन २०—२१ गते बंगलादेशमा हुने वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौ बैठकका लागि ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय ।
७.राष्ट्रिय सभाको बैठकमा सत्तारुढ दलका सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत ।
८.नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायीत्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भईरहेको नेकपा सांसद खिमलाल देवकोटाको भनाइ ।
९.एकाध घटना बाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरे पनि त्यसको सम्प्रेषण हुन नसक्नु नै राजनीतिक स्थायीत्व माथि नै प्रश्न उब्जिएको भन्दै नेताहरुलाई सचेत हुन आग्रह ।
१०.बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारवाहीको बचाउ गर्दै पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगती गरेको दाबी ।
११.मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्य बद्री पाण्डेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।
१२.सञ्चारमन्त्रालय अन्र्तगतका आयोजनाहरुमा अरबौ भ्रष्टाचारको खेल भएको भन्दै ७० करोड कमिसन काण्डको अनुसन्धान अघि बढाउनुपर्नेमा जोड ।
१३.सरकार एक पछि अर्को गर्दै काण्डैकाण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने पाण्डेको माग ।
१४.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पहिलो स्मृति दिवसको आयोजना ।
१५.कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले गर्नुभयो रवीन्द्र स्मृति पर्यटन पुरस्कार घोषणा ।
१६.पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष रवीन्द्र स्मृति पर्यटन पुरस्कार प्रदान गरिने ।
१७.कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामि बैसाख २२ गते वितरण गरिने ।
१८.अर्को वर्षबाट भने स्मृति दिवसकै दिन पुरस्कार वितरण गरिने ।
१९.गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा अधिकारी सहित सात जनाको भएको थियो निधन ।
२०.नेकपा मालेका महासचिव सीपी मैनाली चढ्नुभएको गाडी बर्दिबासको रातुपुलमा दुर्घटना ।
२१.मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिँदा मैनालीसहित चार जना घाइते ।
२२.गम्भीर घाइते महासचिव मैनालीको काठमाडौंको ग्राण्डि अस्पतालमा उपचार हुँदै ।
२३.परराष्ट्र मन्त्रालयले गोरखा सैनिकका विषयमा सन् १९४७ मा भएको त्रिपक्षिय सन्धि पुनरावलोकनका लागि बेलायतलाई पठाएको प्रस्तावको गेसोद्वारा स्वागत ।
२४.सरकारले पठाएको पत्रको जवाफ तत्काल दिएर बेलायतले गोरखा सैनिकहरुले उठाउँदै आएका मागहरु सम्बोधन हुने गेसको विश्वास ।
२५.सत्याग्रह संयुक्त संघर्ष समित र बुद्धिजिविहरुको नाममा गोरखा भर्ती वरुद्ध अभियान चलाइएको, गोरखा ट्रेनिङ बन्दका लागि गरेको पत्राचारप्रति भने चिन्ता व्यक्त ।
२६.बेग्लै गोरखा राज्य माग्ने, सधैका लागि वार्ता भंग गर्नेगरी आन्दोलनका कार्यक्रम अहिले स्थगित भएको गेसोेको भनाइ ।
२७.आन्दोलनलाई उत्तेजित बनाउने र वार्ताको सम्भावना रोक्ने गरी कुनै पनि कार्य आगामी दिनमा कसैले नगर्ने प्रतिबद्धता ।
२८.खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा ¥याम्प सहितको अपाङ्गतामैत्री भवन बन्ने ।
२९.नर्वे सरकारको आर्थिक सहयोग तथा यूनोप्स र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यान्वयनमा १८ कोठे भवन निर्माण हुने ।
३०.१ करोड ९३ लाख आर्थिक सहयोगमा बन्न लागेको भवन अपाङ्गता मैत्री हुने ।
३१.भवन निर्माण भएपछि कक्षा कोठाको अभावमा बालबालिकाहरु टहरामै अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य हुने बिद्यालयको भनाइ ।
३२.अपाङ्गतामैत्री भवन निर्माण लगत्तै माध्यमिक तहसम्मको अध्ययन गराउने विद्यालयको लक्ष्य ।
३३.दूग्धजन्य पदार्थमा हानिकारक रसायन मिसावटमा अनुमति दिएको सन्देश गलत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाइ ।
३४.दूग्धजन्य उत्पादनमा मेलामाइन रसायन मिसाउन सरकारले अनुमति नदिएर परिमाण मात्र तोकेको विभागद्वारा जानकारी ।
३५.मापदण्डअनुसार उत्पादन नगरेको पाइए कारबाही गरिने विभागको दाबी ।
३६.नेपाली सेनाले पायो बहुराष्ट्रिय शान्ति सेनाको नेतृत्व गर्ने मौका ।
३७.राष्ट्रसंघको पहलमा ४० भन्दा बढी मुलुकका सेनाको नेतृत्व गर्ने मिसन प्रमुख एवम् फोर्स कमान्डरको जिम्मेवारी नेपाली सेनाका उपरथी ईश्वर हमाललाइ ।
३८.हमाललाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नियुक्तिपत्र पठाउँदै दिनुभयो सफल कार्यकालको शुभकामना ।
३९.सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक अमेरिका, बेलायत, चीन, फ्रान्स र रुसको सहमतिपछि राष्ट्रसंघ मुख्यालयले हमाललाई फोर्स कमान्डर गरेको हो नियुक्त ।
४०.हमालले अब पश्चिम एसियाको गोलानहाइटस्थित राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व सम्हाल्ने ।
४१.मंगलबारबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण पश्चिमी भूभागमा आंशिक बदली रहि मध्य तथा पूर्वी पहाडी, र तराई भूभागमा मौसम सामान्यतया सफा रहने ।
४२.नयाँ मौसमी प्रणालीले पश्चिमी भुभागमा प्रभाव बनाउनुका साथै एक दुई ठाउमा मेगर्जनसहित भारी वर्षा हुने ।
४३.शनिवार मध्य तथा पूर्वी पहाडी क्षेत्रका एक दुई स्थानमा भीषण बर्षा हुने ।
४४.पछिल्लो प्रणालीले हिमाली भेगमा भारी हिमपात र पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन सहितको भइरहेको मौसमविदको भनाइ ।
४५.पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव अझै तीन दिनै सक्रिय रहने ।
४६.हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभाले गर्यो आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट समिक्षा सहितको संशोधन बजेट प्रस्तुत ।
४७.उपमहानगरपालिकाले बजेट बृद्धि गरी २ अर्ब ४७ करोड ३२ लाख ३५ हजार पु¥यायो ।
४८.उपमहानगरको पुर्वाधार बिकासमा चालु आर्थिक वर्षमो ५ सय ५८ वटा योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार बराबरको ३ सय २५ वटा योजना सम्झौता पछि कार्यान्वयनमा ।
४९.योजनामध्ये कूल ४ करोड २३ लाख ७९ हजार बराबरको जम्मा ७३ वटा योजनाको काम सम्पन्न भईसकेको उपमहानगरपालिकाद्धारा जानकारी ।
५०.साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक नेप्सेमा रेकर्ड ।
५१.बिहीबार बजारमा ४ अर्ब ४६ करोड रुपैयाँको कारोवार ।
५२.नेप्से ३६ दशमलव शुन्य पाँच अंकले बढेर १६ सय ३२ दशमलव एक सात अंकमा ।
५३.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११ दशमलव छ तीन अंकले बढ्यो ।
५४.बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७९ हजार सात सय रुपैयाँमा कारोबार ।
५५.तेजाबी सुन प्रतितोला ७९ हजार चार सय रुपैयाँमा किनबेच ।
५६.चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ ।
५७.लमजुङको गाउँशहर काउलेपानीमा वर्तमान सुरक्षाको अवस्था, सुरक्षा चुनौतीलगायतलाई लक्षित गरी अन्तरजिल्ला सुरक्षा समन्वय समितिकोे बैठक ।
५८.लमजुङ जिल्लासँग सीमाना जोडिएका मनाङ, कास्की, तनहुँ र गोरखाका सुरक्षा समितीको बसेको हो समन्वय बैठक ।
५९.सुरक्षा सम्बद्ध सूचनाहरुको आपसी आदान प्रदान, सीमा क्षेत्रमा हुनसक्ने अवैध उत्खनन्, लगायतका समसामयिक विषयमा छलफल ।
६०.जिल्लामा भएका श्रोत र सम्भाव्यतालाई अधिकतम प्रयोग गरी सम्वन्धीत जिल्लाको शान्ती सुरक्षालाई व्यवस्थीत बनाउनु पर्नेमा सोकारवालाहरुको जोड ।
६१.प्रदेश सभा गठन भएको दुईवर्ष वित्दा समेत ५ नम्वर प्रदेशको नाम र राजधानी तोकिन सकेन ।
६२.पछिल्लो एक महिना प्रदेश ५ को स्थायी राजधानी कहाँ तोक्ने भन्ने बहसले सर्वसाधारण देखि दलका कार्यकर्ता र नेताबीच बहस ।
६३.वाग्मती प्रदेशले हेटौंडा राजधानी तोकेपछि प्रदेश ५ को राजधानी बुटवल कायम हुने चर्चा ।
६४.प्रदेश सभाको स्थायी राजधानी र नामकरणका लागि बनेको विशेष समितिले सुझाव सहितको प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएपछि कपिलवस्तुले पायो प्रवेश ।
६५.आगामी जुन एक तारिखदेखि पाँच तारिखसम्म काठमाडौंमा पाँचौं सस्टेनेबल समीट कन्फरेन्स २०२० हुने ।
६६.दिगो पर्यटन विकासका लागि नयाँ पर्यटकीय प्रोडक्टसँगै नीति र विकासलाई संगसँगै लैजानुपर्नेमा सरोकारवालाको जोड ।
६७.स्थानीयलाई लाभ पुग्ने गरि नेपालको पर्यटनलाई विस्वभर प्रचार गर्ने नीतिमा जोड ।
६८.४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान ।
६९.पाइप जडानका लागि जटिल मानिएको तल्लो सुरुङमा २ सय २० मिटर र माथिल्लो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान भएको जानकारी ।
७०.प्राविधिक समस्या नआए वैशाखभित्रमा बाँकी पाइप जडान भइसक्ने आयोजनाको भनाइ ।
७१.नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा निर्माणस्थलको निरीक्षण
७२.आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्तरुपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारे घिसिङद्वारा छलफल ।
७३.नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने ।
७४.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा परियोजना कार्यान्वयनमा आउने जानकारी ।
७५.परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण हुने विश्वास ।
७६.विद्यार्थीहरुलाई स्वच्छ पिउने पानी उपलव्ध गराउने उद्धेश्यले पर्वतको फलेवास नगरपालिको आम्वोट आधारभुत विद्यालयमा फिल्टर वितरण ।
७७.विद्यालयका दुई जना भुतपुर्व विद्यार्थीको सहयोगमा ८ वटा कक्षा कोठालाई एक एक वटाको दरले फिल्टर वितरण ।
७८.पूर्व विद्यार्थी तथा काठमाण्डौ फलेवास समाजका अध्यक्ष दिपक तिवारी र माटेदेवल मावि मुडिकुवाका शिक्षक उपेन्द्र तिवारीले दिएका हुन फिल्टर ।
७९.सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सके महङ्गो शुल्क तिरेर निजि स्कुलमा पढाउन जानुपर्ने बाध्यताको अन्त्य हुने दाताहरुको भनाइ ।
८०.ईलाका प्रहरी कार्यालय सिमराद्धारा अबैध मदिरा बिक्री वितरणमा कडाई ।
८१.नियन्त्रणमा लिएको २ हजार लिटर भन्दा बढि अबैध घरेलु मदिरा ईलाका प्रहरी कार्यालय सिमराले गर्यो नष्ट ।
८२.अबैध मदिरा बेचबिखनलाई निरुत्साहित गर्न चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिएको मदिरालाई दुधौरा खोलामा खाल्डो खनेर गरेको हो नष्ट ।
८३.लमजुङमा नेपाली लोकगीत क्षेत्रको निकै पुरानो र मौलिक ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्राहलय निर्माण ।
८४.मध्यनेपाल नगरपालिका १० हाँडीखोलाको नास्के–वर्धन गाउँमा भएको हो संग्रहालय निर्माण ।
८५.लोपोन्मुख ठाडोभाका सर्जक दुराको इतिहास जिवित पार्न र सर्जकलाई सम्मानका लागि संग्रहालय निर्माण गरिएको नगरपालिकाको भनाइ ।
८६.मध्यनेपाल नगरपालिकाको १८ लाख रुपैयाँ सहयोग र करिब १० लाख रुपैयाँ बराबरको जनश्रमदानबाट गरियको हो संग्रहालय निर्माण ।
८७.संग्रहालयमा ठाडोभाका गीत र दुरा जातिसंग सम्बन्धित सामाग्री संग्रहीत गरिने ।
८८.संग्रहालयले जिल्लाको पर्यटन प्रवद्र्धनका साथै लोपुन्मुख दुरा जातिको अध्ययन अनुसन्धानमा थप सहयोग पुग्ने नगरपालिकाको बिस्वास ।
८९.काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीद्धारा लागूऔषध सहित १८ जना पक्राउ ।
९०.पक्राउ परेकाहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीद्धारा वरामद ।
९१.काठमाडौं कोटेश्वरबाट २ किलो लागूऔषध गाँजा र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित ३ जना पक्राउ ।
९२.कपिलवस्तु,कृष्णनगर नगरपालिका २ बाट साँढे ७ किलो लागूऔषध चरेश सहित योजना न्यौपाने समेत ३ जना पक्राउ ।
९३.काठमाडौं बालाजु डेरा गरी बस्ने धादिङकी ईश्वरी रेग्मीको कोठाबाट करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
९४.उदयपुरका किरण राईको सगरमाथा डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट ।
९५.भारतको राजधानी नयाँ दिल्लीमा आइतवारदेखि भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो ।
९६.मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने साउदी अरेबियाको निर्णय ।
९७.अमेरिकाको विस्कान्सिन प्रान्तमा रहेको बियर कम्पनीमा गोलीचल्दा ५ को मृत्यु ।
९८.विभागीय टिम एपीएफ क्लब धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश ।
९९.धनगढी रंगशालामा बिहिबार भएको क्वाटरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लब टाइब्रेकरमा पराजित ।
१००.नेपाल पुलिस क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश ।