बाँस्कोटाले हाले मुद्दा : मिश्र पक्राउ पर्ने !

काठमाडौं । सेक्युरिटी प्रेस खरिद बारे अडियो प्रकरणले विवादमा परेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिनुभएका गोकुलप्रसाद बाँस्कोटाले विजय मिश्रविरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।
पूर्वमन्त्री बाँस्कोटाले मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार गालीबेइज्जती सम्बन्धी मुद्दा दर्ता गर्नुभएको हो । बाँस्कोटाले मिश्र विरुद्ध मुद्दा हालेको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
बाँस्काेटाले फेसबुकमा लेख्नुभएकाे छ : ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
यसैबीच अडियाे प्रकरण सार्वजनिक भएपछि सरकारले त्यसबारे छानविन गर्न मिश्रलाई पनि पक्राउ गर्ने याेजना बनाएकाे छ । अनुसन्धानका लागि मिश्रलाई तत्कालै पक्राउ गर्ने तयारी भइरहेकाे सुरक्षा स्राेतले जनाएकाे छ । बाँस्काेटाले मिश्र विरूद्ध दर्ता गरेपछि उनलाई पक्राउ गर्ने आधार बनेकाे छ ।