अमेरिका पठाउँछु भन्दै ठग्ने खड्का पक्राउ

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्का ठगी आरोपमा पक्राउ परेका हुन् । उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

खड्काले अमेरिकी राजदूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाइ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खडकाले दीपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएको छ । खडकाले अहिलेसम्म १० जनालाई अमेरिका पठाउने भन्दै जनही ३० हजारदेखि ४ लाख रुपैयाँसम्म उठाएका थिए । पीडितले थोरै रकममा अमेरिका जान पाइने प्रलोभनमा आफूहरुले पैसा दिएको बताएका छन् ।

खडकाले शुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पीडितको भनाइ छ । काठमाडौंको बानियाFटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकी राजदूतावासको परिचयपत्र देखाएर ‘‘
‘एम्वेसीको मान्छे हुँ भनेर बताएको र एम्वेसीमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफूहरुले विश्वास गरेको बताए ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआइभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहको भनाइ छ । खड्काले बैंकमार्फत पैसा लिन नमानेपछि नगद नै बुझाएकोउनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…