‘वामदेवलाई राष्ट्रियसभामा पार्टीले निर्णय गर्न मिल्दैन’

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको छ ।  प्रधानमन्त्रीका सल्लाहकार भट्टलाई शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पार्टीलाई राष्ट्रियसभा सदस्य मनोनितको लागि निर्णय गर्ने अधिकार नभएको तर्क गर्नुभयो ।

‘राष्ट्रियसभा सदस्य मनोनितको निर्णय सरकारले गर्ने हो, पार्टीले होइन’ उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने हो । पाटीेले निर्णय गरेर पठाउने होइन ।’

सल्लाहकार भट्टराईले नेकपा सचिवालयले राष्ट्रियसभामा मनोनयन गर्न सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो । ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन्, अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्यो निर्वाचन भयो’ उहाँले भन्नुभयो, ‘मनोनयनको राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन् । सुझाव मात्र दिन मिल्छ । निर्णय गर्न मिल्दैन । सचिवालयकाे निर्णयलाई  सुझावकाे रूपमा मात्र लिन सकिन्छ । त्यो सुझावलाई सरकारले कसरी लिन्छ ?  यसबारे प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र म्याच्युअर हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’

नेकपा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले सचिवालयको निर्णय प्रक्रिया विपरीत भएको टिप्पणी गर्नुभयो । ‘मनोनितको लागि पार्टीले प्रस्ताव गर्ने अर्थात् सुझाव दिने मात्र हो, निर्णय नै गर्न मिल्दैन’ उहाँले भन्नुभयो, ‘ उपाध्यक्ष गौतम सम्बन्धी नतिजा के हुन्छ ? १, २ दिनभित्र टुंगो लाग्छ, त्यसबारे अहिले बोल्न हतारो नगरौं ।’

एमसीसीको विषयमा प्रधानमन्त्रीले संसदबाट नै पारित हुन्छ भनिसकेपछि जसरी पारित हुने उहाँले बताउनुभयो । ‘राष्ट्रहित विपरीतका बुँदा छन् भने त्यसलाई संशोधन गरेर पारित हुन्छ’ उहाँले भन्नुभयो, ‘मुलुकको सार्वभौमिकता विपरीत, सैन्य र राजनीतिक गठबन्धन लगायतका पक्षमा दायाँबायाँ हुने छुट सरकारलाई छैन ।’

सल्लाहकार भट्टराईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानविन शुरु भएको जानकारी दिँदै दोषी ठहरिए कारबाही हुने बताउनुभयो । ‘त्यसबारे अनुसन्धान शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘छानविन पूरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उचित होइन । छानविनबाट यदि दोषी प्रमाणित भए कारबाही हुन्छ ।’

भट्टलाईले नेपाल– भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने जानकारी दिनुभयो । विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिए पनि मिति भने तय नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…