किन भएन स्ववियु चुनाव ? नेविसंघ र अखिलबीच चर्काचर्की (भिडियाेसहित)

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा अनेरास्ववियुकी नेता सुनिता बरालले नेविसंघले एक महिना समय मागेका कारण घोषित मितिमा निर्वाचन हुन नसकेको बताउनुभयो । उहाँले चैत मशान्तभित्र स्थगित निर्वाचन भइछोड्ने दाबी पनि गर्नुभयो । तर त्यसको प्रतिवाद गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले भने सत्ताको प्रयोग गरेर अखिलले निर्वाचन स्थगित गराएको आरोप लगाउनुभयो । काफ्लेको तर्क छ, ‘सरकारको असफलताका कारण पराजित हुने डर अखिलमा छ ।’

यद्यपी दुवै विद्यार्थी नेताले स्ववियुको ओज अझै बढ्दै गएको समान धारणा राखेका छन् । हिजो राजनीतिक परिवर्तनमा केन्द्रित स्ववियुले अब शैक्षिक मुद्दालाई जोडदार रुपमा उठाउनु पर्ने उहाँहरुको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…