अन्तरिक्षमा विशाल विष्फाेटकाे प्रमाण फेला

काठमाडौं । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विष्फाेटको प्रमाण फेला पारेका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको विस्फोट यसअघिका कुनैपनि विष्फाेटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ ।

एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन् । विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ पारेको थियो । वैज्ञानिकहरूले विष्फाेटसम्बन्धी निष्कर्ष ’एस्ट्रोफिजिकल जर्नल’मा प्रकाशित गरेका हुन् ।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए । यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ले बाँधिएर रहेको मानिन्छ ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…