गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।१.कञ्चनपुरको भिमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उद्घाटन ।२.दिगो आर्थिक विकासका लागि विद्युतिकरण, होटल, उद्योग धन्दा तथा सडक सञ्जालको सुदृढिकरण गर्नु पर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड ।३.नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न क्षेत्रबाट गरिएको प्रयास सह्रानीय भएको राष्ट्रपति भण्डारीको भनाइ४.पश्चिम सेती, पञ्चेश्वर, कैलाश मानसरोवर लगायतका योजना प्राथमिकतामा राख्न सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह ।५.सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुको विकास र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टको भनाई ।६.विकासको प्रवल सम्भावना हुँदाहुँदै पनि स्रोत र साधन परिचालन तथा बजेट विनियोजनमा राज्यको ध्यान नपुग्दा समस्याहरु झेल्नु परेको विष्टको गुनासो ।७.९ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म चल्ने ।८.नेकपा अध्यक्ष पुष्पकमल दाहालद्धारा सचिवालय बैठकमा भएको निर्णयको प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त ।९.प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको र त्यो निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्ने दाहालको दाबी ।१०.केही दिन अघि बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने गरेको थियो निर्णय ।११.सचिवालय बैठकमा सदस्य थप्ने विषयमा भने कुनै निर्णय नभएको र अहिले त्यो सम्भव नरहेको दाहालको भनाई ।१२.उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयले नेकपामा तरंग पैदा ।१३.सचिवालयको निर्णयले सरकारमा भने कुनै असर नपर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईको भनाई ।१४.नेकपाभित्रै अर्थमन्त्रीको पद रिक्त राख्ने की पूर्ति गर्ने विषयमा पनि बहस ।१५.पार्टीले खतिवडाको विषयलाई केही दिनमै निश्कर्षमा पु¥याउने र पुर्वसञ्चारमन्त्री गोकुल बास्कोटा प्रकरणबारे निष्पक्ष छानबिन हुने भन्दै भट्टराईद्धारा जानकारी ।१६.कालापानी सीमा सम्बन्धी समस्या भारतको विदेश सचिव फेरिँदा अलमलमा परेको उल्लेख ।१७.सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालद्धारा जानकारी ।१८.नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम शुरु गरेको मन्त्री अर्यालको भनाई ।१९.नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पु¥याएको जानकारी ।२०.पहिलो पटक नाप नक्साको काममा लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको मन्त्री अर्यालको दाबी ।२१.सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानूना बनाएको र कार्यान्वयनको चरणमा पुगेको स्पष्ट ।२२.२८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याएको र नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का गरिएको मन्त्री अर्यालको तर्क ।२३.प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन ।२४.कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकद्धारा प्लान क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन ।२५.पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दबाब बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमै कडाई गर्न सुझाब ।२६.क्वारेन्टाइन सम्बन्धी कानुन निर्माण गरेर कडाईका साथ कार्यान्वयनमा जानुपर्ने प्रतिपक्षी सांसदहरुको धारणा ।२७.क्वारेन्टाइन चेकजाँच नहुँदा गुणस्तरहीन वस्तुहरुको आयातले मानव स्वास्थ्यमा असर परिरहेको भन्दै कानुन निर्माणमा जोड ।२८.सत्तापक्षका सांसदहरुद्धारा पनि फाइटो सेनेटरी प्रमाणपत्र पेस नगरेसम्म प्लान क्वारेन्टाइन नदिने भएकाले छिट्टै कानुन निर्माण गर्नुपर्ने आवश्यकता ।२९.कानुनको व्यवहारिक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको कृषिमन्त्री घनश्याम भुसालको भनाई ।३०.कानुन व्यवहारिक रुपमा कार्यान्वयन गर्न ध्यान नदिएर आफ्ना कुराहरु मात्र कार्यान्वयन गर्न खोजेमा समस्या आउने मन्त्री घनश्याम भुसालको तर्क ।३१.कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा शैक्षिक सत्र शुरु भएपनि पाठ्यपुस्तकको अभाब ।३२.देश संघियतामा गइसक्दा पनि बिकट जिल्लाका बिद्यार्थीहरुले समयमानै पाठ्यपुस्तक पाउन सकेनन् ।३३.विद्यालयमा कक्षा १ देखि ४ सम्म निजी स्रोतबाट उपलब्ध गराउने भनिएको पाठ्यपुस्तक कहिले प्राप्त हुने भन्ने बिषयमा पनि जानकारी नभएको डोल्पाका शिक्षकहरुको भनाई ।३४.पुस्तक लिने क्रममा राजनितिककरण हुने गरेकोले थप समस्या भएको पुस्तक व्यावसायीको गुनासो ।३५.शैक्षिक सामाग्री उपलब्ध गराउनकालागि कर्णाली प्रदेशमै कार्यालय स्थापना गरिएको भएता पनि ब्यापारीहरु भने जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जमै पुग्ने गरेको खुलाशा ।३६.डोल्पा र हुम्ला जिल्लाका केहि क्षेत्रमा पाठ्य पुस्तक पुगेता पनि ब्यापारी र स्थानीय तहबीतच बिबाद ,बाँकेको खजुरामा रहेको छपाई मेसिन सञ्चालन नहुदा समस्या भएको सामाग्री केन्द्र नेपालगन्जको तर्क ।३७.बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्धारा आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको गुनासो ।३८.संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको मुख्यमन्त्री पौडेलको भनाइ ।३९.सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने हुनाले सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको तर्क ।४०.सल्यानको शारदा नगरपालिका ५ रातामाटामा युवाद्धारा सामुहिक रुपमा भैसीपालन व्यवसाय सुरु ।४१.स्थानीय २३ जना युवाले छहरेखोला कृषि कम्पनी मार्फत ६० लाख बराबरको लगानी गरेर सामुहिक भैसी पालनको गरे सुरु ।४२.सामुहिक भैसी पालन पछि कृषकले मनग्य आम्दनी समेत गर्न थाले ।४३.सामुहिक भैसीपालनले सल्यानको शारदा नगरपालिका ५ रातामाटाका यूवाहरुमा उत्साह ।४४.शुरुमा सामुहिक रुपमा भैसीपालन गरौ भन्दा अप्ठेरो मानेका कृषकहरु अहिले भने खुसी ।४५.सामूहिक भंैसी फर्ममा अहिले १५ वटा दुधालु सहित साना ठुला गरी ३५ वटा भैसी रछ भने फर्मबाट दैनिक १२० लिटर दुध प्रति लिटर ८० रुपैयामा भैरहेको छ बिक्री ।४६.सामूहिक भैसीपालन गर्दा थोरै श्रम शक्तिवाट धेरै लाभ लिन सकिने बताउँदै अहिले सबैभन्दा कम आयश्रोत भएका व्यक्तीलाइ रोजगारी समेत प्रदान गरेको कृषकको भनाइ ।४७.काठमाडौं उपत्यकामा ९४ ढुंगेधारा र ४० पोखरी हराएको तथ्याङ्क ।४८.काठमाडौं उपत्यका खानेपानी बोर्डद्धारा गरिएको अध्ययनमा उपत्यकाका १० स्थानीय तहमा गरेको पाँच सय ७३ ढुंगेधारामध्ये ९४ वटा ढुंगेधारा खुलासा ।४९.डेढ वर्ष लगाएर गरिएको स्थलगत अध्ययनमा उपत्यकामा रहेका दुई सय ३३ पोखरीमध्ये ४० पोखरी नभेटिएका र एक सय ९३ पोखरी मात्रै अस्तित्वमा रहेको उल्लेख ।५०.उपत्यकाका १० नगरपालिकामा रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीको नक्सांकन गरियो ।५१.महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाका ढुंगेधारा तथा पोखरी पुनर्निर्माण र संरक्षणको विस्तृत खाका तयार गरी २ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने ।५२.अध्ययनमा ढुंगेधाराको पानी पिउन योग्य नरहेको पनि स्पष्ट ।५३.धनुषाको ग्रामीण क्षेत्रमा सर्पदंशका कारण समयमै उपचार नपाए। मृत्यु हुनेको संख्या बढ्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिकाद्धारा सर्पदंश उपचार केन्द्रको निर्माण शुरु ।५४.युएनडिपी, क्षीरेश्वरनाथ नगरपालिका, नेपाली सेना र कम्युनिटि इम्प्रुभमेन्ट सेन्टरको संयुक्त पहलमा निर्माण भइरहेको उपचार केन्द्रको शुक्रवार अनुगमन ।५५.करिव पौने तीन करोडको लागतमा बन्ने उपचार केन्द्र चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य ।५६.अनुगमनका लागि निर्माणस्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलद्धारा सर्पदंशको उपचार केन्द्रलाई रेफर केन्द्र वन्न नदिन सुझाव ।५७.विरामीलाई सहज उपचारका साथै विश्वसनीय उपचारकेन्द्रको रुपमा विकास गर्न आग्रह ।५८.धनुषा जिल्लामा सर्पदंशका ६ सय ७० प्रभावित भएकोमा १८ स्थानीय तह मध्ये सबैभन्दा बढि जनकपुरधाम उपमहानगरपालिका प्रभावित ।५९.सप्तरीको बोदे बरसाईन नगरपालिकामा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) स्थलको वरपर दुर्घन्ध फैलिन शुरु ।६०.वडा नम्वर ५ जाँजरस्थित २ सय विघाभन्दा बढी क्षेत्रफलमा आयोजना गरिएको सम्मेलनबाट निस्किएको फोहोर पूर्ण रुपमा व्यवस्थापन नगर्दा वातावरण नै दुर्गन्धित ।६१.करिब ३ लाख व्यक्तिहरुको सहभागिता रहेको सम्मेलनमा सकिएको दुई साता वितिसक्दा पनि कार्यक्रमस्थलमा थुप्रिएको फोहोर अझै व्यवस्थापन हुन सके ।६२.सरसफाईको कार्य जारी रहेको र सम्मेलन स्थलमा अत्याधिक फोहोर भएकोले पूर्ण रुपमा सरसफाई गर्न केही समय लाग्ने आयोजक समितिको भनाई ।६३.मालपोत कार्यालय सिमराद्धारा बारामा फर्जी कागज बनाएर हडपेको करिब २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता गर्ने निर्णय ।६४.प्रद्युम्नराज पाण्डेले किर्ते पुर्जा बनाएर हकदावी गरेको बाराको रामपुरटोकनीको वडा नं २,३,४,९ र हाल जीतपुरसिमरा वडा नं २३ को २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता हुने ।६५.पौष २७ गते हकदावी लागि प्रमाण सहित पेश हुन ३५सुचना अवधीभर पाण्डेको पक्षवाट आधिकारीक प्रमाणहरु पेश नभएकोले राज्यको नाममा जग्गा फिर्ता गरिएको मालपोत कार्यालय सिमराको भनाइ ।६६.वित्तीय स्थायीत्वसँगै नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको सरकारी दाबी ।६७.व्यवसायिक वातावरण बन्दै गएको भन्दै सरकारी निकाय उत्पादन बढाएर निर्यात बढाउनेतर्फ केन्द्रित हुन थाले ।६८.मूल्यवृद्धि सरकारी निकायलाई चुनौती बनेपनि अर्थतन्त्रका अन्य सबै क्षेत्रका परिसूचकमा सुधार आएको पछिल्लो तथ्याँकमा उल्लेख ।६९. निक्षेपमा ब्याज बढेको कर्जामा ब्याज घटेकोले व्यवसायी लाभान्वित बनिरहेको राष्ट्र बैंकको भनाई ।७०.मानिसहरु मुलुकमै केही गरे हुन्छ भनेर विदेश जाने होईन बैंकतिर कर्जा लिन लालयित बनेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको दाबी ।७१.२ करोड ९२ लाख जनताको बैंक खाता खुलेका छन् भने कर्जा लिनेको संख्या १५ लाख , ९१ लाख मानिसले मोबाइल बैंकिङ, १० लाखले इन्टरनेट बैंकिङ सुबिधा लिइरहेको उल्लेख ।७२.छापावाला सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले घटेर शुक्रबार ७९ हजार दुई सय रुपैयाँमा कारोबार ।७३.तेजाबी सुन ७८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।७४.चाँदीको मूल्य तोलामा बीस रुपैयाँले घटेर आठ सय असी रुपैयाँमा किनबेच ।७५.नेपालगञ्ज भन्सार कार्यलय बाँकेमा राजस्व संकलनमा कमि ।७६.गत बर्षको तुलनामा आयातमा १६ प्रतिशत र निर्यातमा ५० प्रतिशत कमि आएको नेपागन्ज भन्सार कार्यालयको तथ्याङ्क ।७७.आर्थिक बर्ष २०७६÷०७७ को लक्ष्य साढे १५ अर्ब बराबरको रहे पनि हाल सम्म साढे ७ अर्ब मात्र राजस्व संकलन ।७८.गत वर्षको लक्ष्य १२ अर्ब ३३ करोड रहेकोमा यस बर्ष गत बर्षको तुलनामा संकलन राम्रो भएता पनि लक्ष्य अनुसारको संकलन गर्न नसकिएको भन्सार कार्यालयको भनाई ।७९.भन्सार कार्ययमा भौतिक पुर्बाधारहरुको कमिका कारण राजस्व संकलनमा धेरै चुनौतिहरु रहेता पनि लक्ष्य पुरा गर्न लागि परेको भन्सार प्रमुख शान्तिराम निरौलाकोे भनाइ ।८०.लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि शेयर निष्काशन गर्ने ।८१.उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीद्धारा जानकारी ।८२.आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नम्बर ६ र ७ का स्थायी बासिन्दाका लागि छुट्याएको मध्ये ३३ दशमलव ३३ प्रतिशत शेयर निष्काशन गर्ने ।८३.प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने ।८४.निष्काशन बन्द छिटोमा चैत ११ गते बन्द हुनेछ भने ढिलोमा चैत २६ गते बन्द हुने ।८५.शेयरधनीलाई प्रस्ताव गरेको १८ दशमलव पाँच दुई प्रतिशत बोनस वितरण लगायत प्रयोजनका लागि चैत आठ गते मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा हुने ।८६.बैंकले कर प्रयोजनका लागि ५७ लाख ३ हजार सात सय पचास रुपैयाँ नगद लाभांश दिने ।८७.साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बुक क्लोज गर्ने ।८८.हुन लागेको बैंकको चौधौं साधारणसभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिने ।८९.मोरङ, सिरहा र झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित ६ जना पक्राउ ।९०.मोरङ, बिराटनगर महानगरपालिका ११ को बसपार्कबाट लागूऔषध सहित दिपेस श्रेष्ठ र तृष्णा श्रेष्ठ पक्राउ ।९१.मोरङ, बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकबाट लागुऔषध सहित सुरेन्द्र राई र सुनसरीका मनिष परियार पक्राउ ।९२.मकवानपुर, सप्तरी, नवलपरासी(पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु ।९३.सप्तरीमा नेपाल टेलिकमको कार्यालयमा पार्किङ गरी राखेको बा.६ च ६३७९ नम्बर गाडीमा आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।९४.अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेको वैज्ञानिकहरूको भनाई ।९५.पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको उल्लेख ।९६.एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि विस्फोट भएको वैज्ञानिकहरूको भनाई ।९७.सिरियाले गरेको हवाई आक्रमणमा कम्तिमा ३३ टर्किस सैनिकको मृत्यु ।९८.सिरियाले इडलिब प्रान्तमा गरेको आक्रमणमा धेरैको मृत्यु भएको टर्कीको हाताय प्रान्तका गभर्नरको भनाइ ।९९.घटनापछि टर्कीमा हलचल, राष्ट्रपति एर्दोआनले आकस्मिक सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाए ।१००.हिमालयन शेर्पा क्लब सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६ ०३:४६