कानुन विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न उच्च मावि तथा कलेजले एम्नेष्टी इन्टरनेशनल फ्युजन युथ नेटवर्क सँगको साझेदारीमा हर्कबहादुर भण्डारी तथा विष्णुमाया भण्डारीको सम्झानामा अन्तरास्ट्रिय महिला दिवस पारेर मार्च ८ मा हाजिर जवाफ प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता आयोजक चक्रवर्ती हावी एजुकेसन एकेडेमी ( कलेज अफ ल ) का विधार्थी, जे एण्ड ए डाँफे ल ,नेपाल कानुनी विद्यार्थी संजाल (नेल्सा) ,राष्ट्र निर्माण मंच (एफएनबी, नेपाल) छन् ।  प्रतियोगितामा सहभागी हुन विधार्थीले अन्तर्राष्ट्रिय मानव आधिकार, संवैधानिक कानुन र कानुनका सामान्य सिद्धान्त अध्ययन गर्नुपर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा हरेक समूहमा ३ विद्यार्थी रहेछन्। त्यसमा अनिवार्य रुपमा एक महिला हुनुपर्ने छ ।  प्रतियोगितामा सहभागी हुने समूह ३ हजार रुपैयाँ बुझाएर दर्ता हुनुपर्नेछ । प्रतियोगितामा विजयीलाई पुरस्कार समेत व्यवस्था गरिएको आयोजनाले जनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीयलाई ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँसहित पदक तथा ट्रफी प्राप्त गर्ने छन। सहभागिता जनाउने सबै समूह तथा सहयोगीलाई सम्मान स्वरुप प्रमाण पत्र पनि प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …