राष्ट्रपतिद्वारा उग्रतारा दर्शन, शुक्लाफाँटामा सम्बोधन

कन्चनपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो आर्थिक विकासका लागि विद्युतीकरण, होटल, उद्योग धन्दा तथा सडक सञ्जालको सुदृढीकरण गर्नु पर्नेमा जोड दिनुभएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न क्षेत्रबाट गरिएको प्रयास सह्रानीय भएको बताउनु भयो । उहाँले यस क्षेत्रको दिगो आर्थिक विकासका लागि विद्युतिकरण, होटल, उद्योग धन्दा तथा सडक सञ्जालको सुदृढिकरण गर्नेपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले पश्चिम सेती, पञ्चेश्वर, कैलाश मानसरोवर लगायतका योजना प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नुभयो ।

समारोहमा भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुको विकास र प्रचारप्रसार गरी पर्यटन प्रवर्दन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो । विकासको प्रवल सम्भावना हुँदाहुँदै पनि स्रोत र साधन परिचालन तथा बजेट विनियोजनमा राज्यको ध्यान नपुग्दा समस्याहरु झेल्नु परेको विष्टको भनाइ छ । समारोहमा सुदूरपश्चिमको सस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएका थिए । ९ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म चल्नेछ

उग्रतारा दर्शन
सुदूरपश्चिम भ्रमणमा रहनुभएका राष्ट्रपति बिद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको दर्शन गर्नुभएको छ ।

अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्नुभएको हो । दर्शनपछि अमरगढी नगरपालिकाले आयोजना नागरिक अभिन्दन कार्यक्रममा राष्ट्रपती भण्डारीले सुदूपश्चिम प्रदेशको समग्र विकासमा सरकारको ध्यानाकर्षण भएको धारणा राख्नुभयो । भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थल तथा धार्मिक स्थलको भ्रमणका लागि पर्यटक आउन थालेपछि सबैको ध्यान केन्द्रित हुने उहाँको भनाइ छ ।

अमरगढीमा राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, कर्मचारी, मन्दिरका पुजारी, धामी तथा बेदबिद्याश्रमका वटुक एवं उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …